त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनका लागि तयार « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनका लागि तयार


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २१ घण्टासम्म उडान तथा अवतरण हुने गरी पूर्ण क्षमतामा सञ्चालनका लागि तयार भएको छ ।

विभिन्न चरणमा भइरहेका सुधार र जिर्णोद्धारका कामहरु सकिएपछि विमानस्थल अब २१ घण्टा नै सञ्चालनमा आउने गरी तयार भएको हो ।

दोस्रो चरणको मर्मतअन्तर्गत भदौ दोस्रो सातादेखि विमानस्थल दैनिक ७ घण्टा बन्द हुँदै आएको थियो । दोस्रो चरणको मर्मतअन्तर्गत धावनमार्ग र ट्याक्सी वेको जिर्णोद्धार गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

केसीका अनुसार दोस्रो चरणको मर्मतको ठेक्का लिएको निर्माण कम्पनीले मर्मत सकेर सोमबार राति नै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दै छ ।

यद्यपि, अहिले नै विमानस्थललाई २१ घण्टा सञ्चालनमा भने नल्याइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थललाई जनवरी १ देखि २१ घण्टा सञ्चालनमा ल्याइने जनाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : ३४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले