नेकपा स्थायी कमिटी बैठकमा १२ जना नेताले राखे धारणा « Khabarhub

नेकपा स्थायी कमिटी बैठकमा १२ जना नेताले राखे धारणा


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा सोमबार १२ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार १२ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका हुन् ।

सोमबारको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गणेश साह, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नी सापकोटा, युवराज ज्ञवाली, भीम रावल, देवेन्द्र पौडेल, पम्फा भुसाल र देव गुरुङले अध्यक्ष प्रचण्डद्वार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए ।

सोमबार बोलेका अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टीको संगठन निर्माणलाई अझ सुदृढ ढंगले अगाडि बढाइए विधि र पद्दतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सोमबार आफ्नो धारणा राखेका नेताहरुले पार्टीभित्रको गुटबन्दी तथा भ्रष्टीकरणलाई अन्त्य गर्ने सम्बन्धमा समेत आ–आफ्नो राय प्रस्तुत गरेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले मंगलबार बिहान ११ बजे पुन: बस्ने गरी सोमबारको बैठक सकिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ४ : ०४ बजे

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)