सांसद र मन्त्रीकै फरक विचार– अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने ? « Khabarhub

सांसद र मन्त्रीकै फरक विचार– अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने ?


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेलकुद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल शुरु भएको हो । समिति सदस्य जीवनराम श्रेष्ठले छलफलका क्रममा विधेयकको प्रस्तावनामा टुङ्गो लगाइएको जानकारी दिए ।

उनका अनुसार प्रस्तावनामा ‘खेल क्षेत्रको पनि अध्ययनअनुसन्धान गर्ने’ भन्ने शब्द राखेर टुङ्ग्याइएको छ । यसैगरी समिति बैठकमा अन्तरराष्ट्रिय खेलाडीका सम्बन्धमा पनि दफावार छलफल भएको छ ।

समिति सदस्य श्रेष्ठले विधेयकमा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्नेलाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्ने उल्लेख भएकाले अन्तरराष्ट्रिय खेलाडी कसलाई भन्नेबारे छलफल गरिएको बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेका मात्र नभई सहभागी सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्छ भन्ने धेरै सदस्यको भनाइ रहेको थियो,’ उनले भने, ‘आज (सोमबार)को बैठकमा पर्याप्त समय नभएकोले अर्को बैठकमा थप छलफल गर्ने गरी बैठक सकियो ।’

बैठकमा युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकालाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्नुपर्ने भनाइ राखे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि रहेका श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी सबैलाई अन्तरािष्ट्रिय खेलाडी मान्नुपर्ने भनी विधेयकमा संशोधन दर्ता गराएका छन् । उनका अनुसार अर्को बैठक आगामी पुस ४ गते बस्ने छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ४ : ३८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत