सांसद र मन्त्रीकै फरक विचार– अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने ? « Khabarhub

सांसद र मन्त्रीकै फरक विचार– अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने ?


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेलकुद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल शुरु भएको हो । समिति सदस्य जीवनराम श्रेष्ठले छलफलका क्रममा विधेयकको प्रस्तावनामा टुङ्गो लगाइएको जानकारी दिए ।

उनका अनुसार प्रस्तावनामा ‘खेल क्षेत्रको पनि अध्ययनअनुसन्धान गर्ने’ भन्ने शब्द राखेर टुङ्ग्याइएको छ । यसैगरी समिति बैठकमा अन्तरराष्ट्रिय खेलाडीका सम्बन्धमा पनि दफावार छलफल भएको छ ।

समिति सदस्य श्रेष्ठले विधेयकमा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्नेलाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्ने उल्लेख भएकाले अन्तरराष्ट्रिय खेलाडी कसलाई भन्नेबारे छलफल गरिएको बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेका मात्र नभई सहभागी सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्छ भन्ने धेरै सदस्यको भनाइ रहेको थियो,’ उनले भने, ‘आज (सोमबार)को बैठकमा पर्याप्त समय नभएकोले अर्को बैठकमा थप छलफल गर्ने गरी बैठक सकियो ।’

बैठकमा युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकालाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्नुपर्ने भनाइ राखे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि रहेका श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी सबैलाई अन्तरािष्ट्रिय खेलाडी मान्नुपर्ने भनी विधेयकमा संशोधन दर्ता गराएका छन् । उनका अनुसार अर्को बैठक आगामी पुस ४ गते बस्ने छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ४ : ३८ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको