बोर्ड अध्यक्ष भट्टराई र कलाकार दीपक क्षेत्रीको अन्तिम श्रद्धाञ्जली « Khabarhub

बोर्ड अध्यक्ष भट्टराई र कलाकार दीपक क्षेत्रीको अन्तिम श्रद्धाञ्जली


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीप्रति कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सोमवार चलचित्र विकास बोर्डमा राखिएको श्रद्धाञ्जली सभामा पुगेर कलाकार, विभिन्न संघमा आवद्ध फिल्मकर्मी तथा अन्य व्यक्तित्वले भट्टराई र क्षेत्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रद्धाञ्जलीपछि क्षेत्री र भट्टराईको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति आर्यघाटमा लागि लगिएको थियो । सरकारले पशुपति आर्यघाटमा भट्टराईलाई राष्ट्रिय सम्मान समेत दिएको थियो ।

बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले अध्यक्ष भट्टराईलाई राष्ट्रिय झण्डा ओढाइएको जानकारी दिए । भट्टराईलाई नेपाल कम्युनिष्ट पार्टीको झण्डा समेत ओढाइएको थियो ।

यद्यपि दुवै कलाकारको पार्थिव शरीरलाई एक ठाउँ राखेर सलामी दिइएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको गएराति हृदयाघातका कारण निधन भएको थियो । अर्का कलाकार दीपक क्षेत्रीको शनिवार आफ्नै निवासमा निधन भएको थियो ।

भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जली दिनका लागि उल्लेख्य मात्रामा फिल्मकर्मी उपस्थित भएका थिए ।

नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल सरकारका तर्फबाट कलाकारलाई श्रद्धाञ्जली दिएका थिए ।

यता चलचित्र विकास बोर्डले पनि एक शोक विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्षको असामयिक निधन हुँदा चलचित्र क्षेत्र र बोर्डलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ५ : ०८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको