नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि कार्की र खराल चुनावी मैदानमा | Khabarhub Khabarhub

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि कार्की र खराल चुनावी मैदानमा


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघको नयाँ  नयाँ नेतृत्वका लागि डा लोचन कार्की र डाक्टर पुष्पमणि खरालबीच प्रतिस्पर्धा हुने भएको छ ।

संघको निर्वाचन समितिले जनाए अनुसार  १३ सदस्यीय कार्यसमितिका लागि ३० जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले सोमबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै १३ सदस्यीय कार्यसमितिका लागि ३० जनाको उम्मेदवारी परेको जनाएको हाे ।

निर्वाचन समितिका अनुसार संघको अध्यक्ष पदमा डा लोचन कार्की र डाक्टर पुष्पमणि खरालले उम्मेदवारी दिएका छन् ।

बरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ र डा. शिवप्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्षमा डा. अनिल विक्रम कार्की र डा. रणजीर कुमार झाले उम्मेदवारी दिएका छन् ।

यस्तै महासचिव पदका ४ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि डा. अजयकुमार मिश्र,डा. बद्री रिजाल, डा. दिपेन्द्र पाण्डे र डा. मधुर बस्नेतले उम्मेदवारी दिएका हुन् ।

यस्तै कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी र डा. सञ्जिव कुमार साहको उम्मेदवारी परेको छ । संघको सहसचविमा सहसचिवमा डा. निरज कुमार सिंह र डा. शैलेन्द्र झाले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा डा. विश्वराज दवाडी, र डा उदय नारायण सिंहको उम्मेदवारी परेको छ ।

त्यसैगरी ६ सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ ।  सदस्य पदमा डा अमित चतुरवेदी, डा विक्रान्त ढकाल, डा विपेश आचार्य, डा दिपक प्रसाद कोइराला, डा जगदीशचन्द्र विष्ट, डा लिजन महर्जन, डा नन्दाकुमार गुरुङ, डा प्रमोद जोशी, डा प्रविण कुमार गिरी, डा राकेश कुमार साह, डा रितेश थापा, डा सञ्जिव तिवारी, डा सुमन काफ्ले र डा त्रिभूवनचन्द्र झा रहेका छन् ।

संघको निर्वाचन काठमाडौं बाहिरका १६ वटा शाखा कार्यालयहरुमा माघ ४ गते र ५ गते हुँदैछ भने माघ १७ देखि २१ गतेसम्म संघको केन्द्रीय कार्यालय काठमाडौंमा हुँदैछ ।

संघको केन्द्रीय कार्यकारिणी समितिको ३ वर्षको कार्यकालका लागि निर्वाचन हुन लागेको हो । संघको निर्वाचनका लागि निर्वाचन समितिले मंसिर २७ र २८ गते उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने मिति तय गरेको थियो । निर्वाचन समितिले आज (मंसिर ३० गते) दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको थियो ।

संघको आगामी माघमा हुने निर्वाचनमा ३१ जनाको उम्मेदवारी परेकोमा सदस्य पदमा उम्मेदवारी दिएका एकजनाले आफ्नो उम्मेदवारी फर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ५ : ३१ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको