नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि कार्की र खराल चुनावी मैदानमा « Khabarhub

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि कार्की र खराल चुनावी मैदानमा


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघको नयाँ  नयाँ नेतृत्वका लागि डा लोचन कार्की र डाक्टर पुष्पमणि खरालबीच प्रतिस्पर्धा हुने भएको छ ।

संघको निर्वाचन समितिले जनाए अनुसार  १३ सदस्यीय कार्यसमितिका लागि ३० जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले सोमबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै १३ सदस्यीय कार्यसमितिका लागि ३० जनाको उम्मेदवारी परेको जनाएको हाे ।

निर्वाचन समितिका अनुसार संघको अध्यक्ष पदमा डा लोचन कार्की र डाक्टर पुष्पमणि खरालले उम्मेदवारी दिएका छन् ।

बरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ र डा. शिवप्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्षमा डा. अनिल विक्रम कार्की र डा. रणजीर कुमार झाले उम्मेदवारी दिएका छन् ।

यस्तै महासचिव पदका ४ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि डा. अजयकुमार मिश्र,डा. बद्री रिजाल, डा. दिपेन्द्र पाण्डे र डा. मधुर बस्नेतले उम्मेदवारी दिएका हुन् ।

यस्तै कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी र डा. सञ्जिव कुमार साहको उम्मेदवारी परेको छ । संघको सहसचविमा सहसचिवमा डा. निरज कुमार सिंह र डा. शैलेन्द्र झाले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा डा. विश्वराज दवाडी, र डा उदय नारायण सिंहको उम्मेदवारी परेको छ ।

त्यसैगरी ६ सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ ।  सदस्य पदमा डा अमित चतुरवेदी, डा विक्रान्त ढकाल, डा विपेश आचार्य, डा दिपक प्रसाद कोइराला, डा जगदीशचन्द्र विष्ट, डा लिजन महर्जन, डा नन्दाकुमार गुरुङ, डा प्रमोद जोशी, डा प्रविण कुमार गिरी, डा राकेश कुमार साह, डा रितेश थापा, डा सञ्जिव तिवारी, डा सुमन काफ्ले र डा त्रिभूवनचन्द्र झा रहेका छन् ।

संघको निर्वाचन काठमाडौं बाहिरका १६ वटा शाखा कार्यालयहरुमा माघ ४ गते र ५ गते हुँदैछ भने माघ १७ देखि २१ गतेसम्म संघको केन्द्रीय कार्यालय काठमाडौंमा हुँदैछ ।

संघको केन्द्रीय कार्यकारिणी समितिको ३ वर्षको कार्यकालका लागि निर्वाचन हुन लागेको हो । संघको निर्वाचनका लागि निर्वाचन समितिले मंसिर २७ र २८ गते उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने मिति तय गरेको थियो । निर्वाचन समितिले आज (मंसिर ३० गते) दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको थियो ।

संघको आगामी माघमा हुने निर्वाचनमा ३१ जनाको उम्मेदवारी परेकोमा सदस्य पदमा उम्मेदवारी दिएका एकजनाले आफ्नो उम्मेदवारी फर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ५ : ३१ बजे

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय

गुनासो सुनुवाइमा उच्च प्राथमिकता, शून्य प्रगतिका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द 

काठमाडौं– मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख

हुम्लाको स्याँडामा गाडी

सिमकोट– स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट

विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी झापाबाट पक्राउ

बिर्तामोड–  जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई

नबिल बैंक तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट