घुस लिँदा लिँदै पक्राउ परेका डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ « Khabarhub

घुस लिँदा लिँदै पक्राउ परेका डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुस लिँदा लिँदै पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम कुमार राईले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको आइतबारको इजलाशले डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।

डिएसपी राई महानगरीय प्रहरी बौद्धको प्रमुख हुँदा सेवाग्राहीसँग लिएको १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले राईलाई घुस लिँदालिँदै गत असोज १८ गते रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारले गत कात्तिक २८ गते विशेष अदालतमा मुद्दा दर्ता गर्दै राईविरुद्ध १ लाख ४० हजार रुपैयाँ बिगो तथा बिगोअनुसार जरिवाना र १ वर्ष ६ महिनासम्म कैद सजायको मागदाबी गरेको थियो ।

मुद्दा दर्ता भएको दोस्रो दिन नै विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, प्रमोजकुमार श्रेष्ठ वैध र रत्बहादुर बागचन्दको इजलाशले राईलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।

विशेष अदालतको आदेशानुसार राई १ लाख ४० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए ।

न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको दाबी नपुग्ने फैसला सुनाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ५ : २१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको