घुस लिँदा लिँदै पक्राउ परेका डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ « Khabarhub

घुस लिँदा लिँदै पक्राउ परेका डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुस लिँदा लिँदै पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम कुमार राईले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको आइतबारको इजलाशले डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।

डिएसपी राई महानगरीय प्रहरी बौद्धको प्रमुख हुँदा सेवाग्राहीसँग लिएको १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले राईलाई घुस लिँदालिँदै गत असोज १८ गते रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारले गत कात्तिक २८ गते विशेष अदालतमा मुद्दा दर्ता गर्दै राईविरुद्ध १ लाख ४० हजार रुपैयाँ बिगो तथा बिगोअनुसार जरिवाना र १ वर्ष ६ महिनासम्म कैद सजायको मागदाबी गरेको थियो ।

मुद्दा दर्ता भएको दोस्रो दिन नै विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, प्रमोजकुमार श्रेष्ठ वैध र रत्बहादुर बागचन्दको इजलाशले राईलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।

विशेष अदालतको आदेशानुसार राई १ लाख ४० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए ।

न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको दाबी नपुग्ने फैसला सुनाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ५ : २१ बजे

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा

राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८

ओलीको दाबी- सरकारले विरोध दबाउन घर र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने