आरटीजीएस प्रणालीमा जोडिए २४ कमर्सियल बैंक « Khabarhub

आरटीजीएस प्रणालीमा जोडिए २४ कमर्सियल बैंक


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

आरटीजीएसलाई सहयोग गर्दै २४ कमर्सियल बैंकहरुलाई उक्त प्रणाली जडान गरेको जानकारी दिएको छ । अधिकांश बैंकहरुले आरटीजीएस कार्यान्वयनका लागि नेपाल किल्यरिङ हाउस (एनसीएचएल) लाई इन्टिग्रेसन पार्ट्नरको रुपमा नियुक्त गरेको थियो ।

जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङ्गका लागी आवश्यक सिस्टमहरु त्था बैंकहरुलाई स्वसंचालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको बैकले जनाएको छ । आरटीजीएस प्रणालीमा भुक्तानी कारोबारहरु प्रविष्ट गर्न तथा बैंकको बैंकिङ्ग सिस्टमसँग अटोमेटेड गर्न बैंकहरुलाई गेटवेको रुपमा प्रयोग गर्ने छन् ।

उक्त प्रणाली पहिलो चरणमा क वर्गका बैंकहरुका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्विकृती पश्चात यसलाई ख तथा गव र्गका वित्तिय संस्थाहरुलाई पनि उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरु, गैर–बैंकिङ सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पीएसपी र पीएसओ र अन्य सेवाप्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सञ्चालनमार्फत समग्र बैकिङ्ग क्षेत्रमा सहयोग गुराउदै आएको छ ।

आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न  प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ ।

नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्वपूर्ण कोशेढुङगाको रुपमा लिइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : १२ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य