काँग्रेसद्वारा कलाकारद्वय भट्टराई र क्षेत्रीको निधनप्रति दुःख व्यक्त « Khabarhub

काँग्रेसद्वारा कलाकारद्वय भट्टराई र क्षेत्रीको निधनप्रति दुःख व्यक्त


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेसले आज एक विज्ञप्तिमार्फत कलाकारद्वयको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भट्टराई र क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको बताउँदै कलाकारद्वयको निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएका छन् ।

यसैगरी काँग्रेसले धनुषा सबैला–२ निवासी ८७ वर्षीय प्रजातन्त्र सेनानी बलराम नायक र नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य चित्रबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उनीहरुले सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै उनीहरुको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : ४२ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका