काँग्रेसद्वारा कलाकारद्वय भट्टराई र क्षेत्रीको निधनप्रति दुःख व्यक्त « Khabarhub

काँग्रेसद्वारा कलाकारद्वय भट्टराई र क्षेत्रीको निधनप्रति दुःख व्यक्त


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेसले आज एक विज्ञप्तिमार्फत कलाकारद्वयको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भट्टराई र क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको बताउँदै कलाकारद्वयको निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएका छन् ।

यसैगरी काँग्रेसले धनुषा सबैला–२ निवासी ८७ वर्षीय प्रजातन्त्र सेनानी बलराम नायक र नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य चित्रबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उनीहरुले सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै उनीहरुको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : ४२ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि