साहुखल दाजुभाइको लक्ष्य लिग च्याम्पियन बन्ने « Khabarhub

साहुखल दाजुभाइको लक्ष्य लिग च्याम्पियन बन्ने


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले उत्कृष्ट सुरुवात गरेको प्रशिक्षक बालगोपाल साहुखलले बताएका छन्।

सोमबार दशरथ रंगशालमा अघिल्लो सिजनमा लिगको दोस्रो भएको संकटा क्लबलाई पराजित गरेपछि प्रशिक्षक साहुखलले लिग यात्राको सुरुवात सुखद भएको प्रतिक्रिया दिए।

च्यासलले संकटालाई अनुभवी स्टाइकर सन्तोष साहुखलको दुई गोलको सहयोगमा पराजित गरेको हो।

लामो समय जापान बसाईपछि अघिल्लो लिगका लागि समउखल नेपाल फर्किएका थिए। यो बर्ष उनी आफ्ना दाजु बालगोपाल साहुखलले नेतृत्व गरेको च्यासलमा आवद्व छन्। सन्तोषले अघिल्लो सिजनमा पनि च्यासलबाट खेलेका थिए।

च्यासलको विजयी शुरुवातलाई साहुखल दाजुभाइको लिगमा सुखद सुरुवातका रुपमा पनि हेर्न सकिन्छ । किनकि दाजु बालगोपाल प्रशिक्षक र भाइ सन्तोष च्यासलका कप्तान हुन्।

संकटासँगको खेल अगाडि आफू नर्भस रहेको पहिलो पटक ए डिभिजन क्लबको नेतृत्व गरेका बालगोपालले भने । `आज खेल अगाडि केही नर्भस भएको थिए । तर, खेलाडीहरुले योजना अनुसार खेले । सन्तोषले गोल अवसरलाई सदुपयोग गरे,´ प्रशिक्षक बालगोपालले भने,´ जितले हाम्रो लिग यात्रा सहज बनाएको छ। लक्ष्य लिग च्याम्पियन बन्ने नै हो।´

२०७० सालपछि पहिलो खेलका रुपमा संकटा र च्यासलको खेल दशरथ रंगशालामा भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले दर्शकको अपेक्षा गरेपनि रंगशाला शुनसान जस्तै थियो।दुई गोल गरेका सन्तोषले यो सिजन समयमा नै हुन सके आफू पूरा लिग खेल्ने बताएका छन्। गोल गर्न सकेकोमा खुसी लागेको सन्तोषले बताए । `खेलाडीले राम्रो खेले। मैले गोल गर्न पाउँदा खुसी लागेको छ,´ सन्तोषले भने।´

सन्तोष साहुखलले खेलको ४१ औं मिनेट र ८४ औं मिनेटमा गोल गरेका हुन्।

लक्ष्मण रुचालले ८० औं मिनेटमा केही मिनेटको अन्तरमा दुई पहेलो कार्ड भएपछि संकटा १० खेलाडीमा सिमित भएको थियो। लक्ष्मणले च्यासलका नितिन थापालाई फाउल गरेका थिए।

यो सिजनमा लक्ष्मणले खाएको रातो कार्ड पहिलो हो। च्यासलविरुद्व संकटाका सुभाष गुरुङले ७८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाट गरेको प्रहार च्यमसलका गोल रक्षक एलेन न्यौपानेले बचाएका थिए।

संकटाविरुद्व दुई गोल गरेका सन्तोष साहुखल जारी लिगको तीन खेल सकिँदा दुई गोल गर्ने पहिलो खेलाडी बने।
३ अंक जोडेको च्यासलले आफ्नो दोस्रो मछिन्द्रसँगको खेलमा जित हात पार्ने लक्ष्य रहेको बताएको छ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ११ : २९ बजे

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

तनहुँ– ऋषिङ गाउँपालिका– १ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

बालेन फेरि चुनावी अभियानमा झापामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह

काभ्रेका १३५ वडाबाटै अनलाइनबाट नागरिकता सिफारिस

काभ्रेपलाञ्चोक– गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस

बागलुङको सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड रुपैयाँ

बागलुङ– बागलुङको सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र