मुश्लिम युवा पनि होलीमा रमाउँदै « Khabarhub

मुश्लिम युवा पनि होलीमा रमाउँदै


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ । होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको मिथिला नाटयकला परिषद(मिनाप)ले जनाएको छ । प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले चैत ५ र ६ गते होली महोत्सवको आयोजना गर्दैछ ।

होलीको अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरी प्रसिद्ध छन् । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाटय कला परिषद्, मिनाप यसका आयोजक हुन् ।

मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्नेलाई हरेक वर्ष छनौट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छ । मिथिला नाट्य कला परिषद्का विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्रत्येक वर्ष छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ ।

आपसी भाइचाराको रुपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दुसँगै मुश्लिम युवाले पनिसँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् । मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन शुरु गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २५ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ।

मिनाप अध्यक्ष परमेश झाले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताउनुभयो। फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी हुनेछन्। मिनापका अध्यक्ष झाले पारम्परिक फागु गीत तथा डम्फालाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न लागिएको बताए।

महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । जसअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीको माला बनाएर लगाउने प्रचलन छ ।

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आएपनि जनकपुरमा यसले निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ नेपालको वीरगञ्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ११ : ०७ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको