न्यूजिल्याण्ड घटना : प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त | Khabarhub Khabarhub

न्यूजिल्याण्ड घटना : प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्ड घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले न्यूजिल्याण्डका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनलाई समवेदना सन्देश पठाउँदै घटनामा निर्दोष व्यक्ति मारिँदा दु:ख लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आततायी आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । उनले निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको अपमान भएको उल्लेख गर्दै सन्देशमा कुनै पनि परिस्थितिमा त्यस्ता अमानवीय र पाशविक कृत्यलाई न्यायसङ्गत मान्न नसकिने बताएका छन् । आतङ्कवादका जस्तोसुकै रुप र प्रकटीकरणको साहसपूर्वक सामना गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन्।

न्यूजिल्याण्ड सरकार, त्यहाँका जनता तथा आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनमा प्रधानमन्त्री ओलीले गहिरो दुःखका साथ हार्दिक समवेदना एवं सहानुभूति प्रकट गरेर घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ११ : ५० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास