नेपाली चित्रकलामा लोभिन्छन् नेपाल आउने पर्यटक, पाटनमा चित्रकला सिक्दै चिनियाँ कलाकार « Khabarhub

नेपाली चित्रकलामा लोभिन्छन् नेपाल आउने पर्यटक, पाटनमा चित्रकला सिक्दै चिनियाँ कलाकार


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ । काठमाडौँ घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ ।

प्यागोडा शैली र कुँदिएका टुँडाल तथा आकर्षक भौतिक संरचनाले विदेशी नागरिकको मन छुन्छ । नेपालको पशुपतिनाथ, स्वयम्भू, दरबार स्क्वायर, हिम शृङ्खला, पहाडी प्रकृति र संस्कृति, विश्व शान्तिका प्रतीक भगवान् गौतमबुद्धको जन्मथलो लुम्बिनी, पर्यटकीय क्षेत्र कास्की, चितवनलगायत ठाउँमा पर्यटक घुमेर रमाउँछन् ।

यसरी नेपाली कला र संस्कृतिमा रमाउने मध्यका एक हुन् चिनियाँ चित्रकार सी यिछी । नेपाली चित्रकला र कलाकारको चित्रकारितामा लोभिएका चीनको सान्दोङ निवासी सी यिछी त्यहाँको चित्रकलाका शिक्षक हुन् । “नेपाली कला र संस्कृति साह्रै राम्रो, ललितपुरको पाटनस्थित दरबार स्क्वायरमा चित्रकला सिक्दै गरेका ‘सी’ले संक्षिप्त प्रतिक्रिया दिए ।

उनलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्वेयरमा चिनियाँ भाषा टाइप गर्छन् । त्यसलाई अङ्ग्रेजीमा रुपान्तरण गरेर कुराकानी गर्छन् । एक हप्ता अघिदेखिको उनको दिनचर्या यसैगरी बितिरहेको छ । उनलाई सहयोग गरिरहेका छन् , नेपाली चित्रकार एनवी गुरुङले ।

“मलाई गुरुङले जल रङबाट बनाएको चित्र औधी मन पर्छ, उहाँ एक अन्तर्राष्ट्रिय आर्ट मास्टर नै हो, म आर्ट टिचर भए पनि उहाँको त्यो कला सिक्न चाहन्छु”, उनले चिनियाँ भाषामा पठाएको मोबाइल सन्देश भने । नेपाली कला संस्कृति र भौतिक संरचनासँगै आकर्षक रहेको र यहाँका सर्वसाधारण सबै इमान्दार र सहयोगी लागेको भन्दै उनले यस्तो भएपछि नेपालमा पर्यटक आउन चाहने प्रतिक्रियासमेत दिए ।

चीनमा कलाकार धेरै भए पनि चित्रकारिताको शैली एकै खालको रहेको उल्लेख गर्दै ‘सी’ले नेपाली कलाकारको शैली फरक लागेर सिक्न आएको बताए ।

विगत पाँच महीनादेखि नेपाली चित्रकार गुरुङसँग वि च्याटमा सम्पर्क भएको थियो । “त्यसपछि उहाँ नियमित मलाई फलो गर्नु थाल्नुभयो, खै कसरी हो मेरो चित्रकलाले उहाँको ध्यान तान्यो, अनि सिक्नका लागि आउनुभयो”, चित्रकार गुरुङले भने ।उनले आफूले जानेका सबै सीप ‘सी’लाई सिकाइरहेको बताए ।

नेपालका मौलिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रमा पुगेर ‘सी’ले स्थलगत रुपमा चित्र बनाएरै नेपाली चित्रकला सिकिरहेका छन् । सोही सिलसिलामा उनी पोखरा पुगेका छन् । चीनमा उनी बढी तेल रङमा काम गर्छन् तर जल रङमा समेत उनले चित्र बनाउँदै आएका छन् ।

अहिले उनले जल रङको प्रयोग गरी नेपाली शैलीबाट मुहार चित्र र दृष्य चित्र सिकिरहेका छन् ।

यसअघि भारतका १५ कलाकार आएर नेपाली कला र संस्कृतिका चित्र क्यानभासमा उतारेका थिए । उनीहरुलाई त्रिकोणात्मक प्यागोडा शैलीका संरचनाले लोभ्याएको थियो । केही महिना अघि अन्तर्राष्ट्रिय जल रङ महोत्सवमा आएका सात देशका चित्रकारहरुले समेत नेपाली कला र संस्कृतिको खुलेर प्रशंसा गरेका थिए । उनीहरुमार्फत कलाको माध्यामबाट पनि नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विस्वास कलाकारहरुको छ । चित्रकारिताका लागि महिनै पिच्छे विदेशी चित्रकारहरु नेपाल आउने गरेका कलाकारहरु बताउँछन् ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १ : २२ बजे

अरनिकोले चीनमा कमाएको साख: चिनियाँले नपाएको सुविधा नेपालीलाई

चीनको राजधानी बेइजिङ आज विज्ञान, प्रविधि र आधुनिक विकासको विश्व–केन्द्रका

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा