नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–प्रचण्डको तयारी | Khabarhub Khabarhub

नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–प्रचण्डको तयारी


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य क्षेत्रमा विनयिोजित ५६ अर्बमध्ये २२ अर्बभन्दा बढी रकमको हिताबकिताब नै नभएको पाइएको आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ ।

संघबाट स्थानीय तहका लागि पठाइएको १८ अर्ब र प्रदेशका लागि पठाइएको ४ अर्ब गरी कूल २२ अर्ब रुपैयाँको हिसाब अपारदर्शी किसिमले खर्च भएको पाइएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको हो ।

स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गतका संगठित संस्था, अन्य संस्था र समिति गरी ५ अर्ब ८२ करोड रुपैयाँ बढी बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये मन्त्रालय अन्तर्गतका १ सय ५४ सरकारी निकायको बेरुजु २ अर्ब ६९ करोड ११ लाख ८० हजार रहेको छ ।

यसैगरी पत्रिकाले हडपिएको २१ बिघा सरकारको नाममा फिर्ता शीर्षकमा समाचार छापेको छ । प्रधानमन्त्री विनबास वबालुवाटारको १ सय १३ रोपनी जग्गा फिर्ता गर्ने निर्णय गरेको सरकाले भूमाफियाहरुबाट हडपिएका देशभरका अन्य जग्गा आफ्नो नाममा ल्याउन प्रभावकारी कदम चालेको छ ।

तीन सचिवको सरुवा, एकको सिफारिस शीर्षकमा पत्रिकाले अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत तीन सचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपारिषद् बैठकले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । यसैगरी बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ ।

त्यस्तै डा. हरिप्रसाद पौडेलललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पदस्थापन गरिएको छ ।

यसैगरी नेकपा एकताको समाचारालाई राजधानीले पहिलो पृष्ठमा छापेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।

प्रधानम्रन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो विषयमा छलफल भए पनि सहमति जुट्न सकेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिएका छन् ।

तर, अध्यक्षद्वय ओली र दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने नभए पेलेरै भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : २२ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन