नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–प्रचण्डको तयारी « Khabarhub

नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–प्रचण्डको तयारी


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य क्षेत्रमा विनयिोजित ५६ अर्बमध्ये २२ अर्बभन्दा बढी रकमको हिताबकिताब नै नभएको पाइएको आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ ।

संघबाट स्थानीय तहका लागि पठाइएको १८ अर्ब र प्रदेशका लागि पठाइएको ४ अर्ब गरी कूल २२ अर्ब रुपैयाँको हिसाब अपारदर्शी किसिमले खर्च भएको पाइएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको हो ।

स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गतका संगठित संस्था, अन्य संस्था र समिति गरी ५ अर्ब ८२ करोड रुपैयाँ बढी बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये मन्त्रालय अन्तर्गतका १ सय ५४ सरकारी निकायको बेरुजु २ अर्ब ६९ करोड ११ लाख ८० हजार रहेको छ ।

यसैगरी पत्रिकाले हडपिएको २१ बिघा सरकारको नाममा फिर्ता शीर्षकमा समाचार छापेको छ । प्रधानमन्त्री विनबास वबालुवाटारको १ सय १३ रोपनी जग्गा फिर्ता गर्ने निर्णय गरेको सरकाले भूमाफियाहरुबाट हडपिएका देशभरका अन्य जग्गा आफ्नो नाममा ल्याउन प्रभावकारी कदम चालेको छ ।

तीन सचिवको सरुवा, एकको सिफारिस शीर्षकमा पत्रिकाले अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत तीन सचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपारिषद् बैठकले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । यसैगरी बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ ।

त्यस्तै डा. हरिप्रसाद पौडेलललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पदस्थापन गरिएको छ ।

यसैगरी नेकपा एकताको समाचारालाई राजधानीले पहिलो पृष्ठमा छापेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।

प्रधानम्रन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो विषयमा छलफल भए पनि सहमति जुट्न सकेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिएका छन् ।

तर, अध्यक्षद्वय ओली र दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने नभए पेलेरै भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : २२ बजे

श्रीलङ्काबाट आइपुगे प्रचण्ड, प्रदेश सरकारबारे गगनसँग निर्णायक वार्ता गर्दै

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड

प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष

बागमती– बागमती प्रदेश सरकारले प्रदेशवासीको समस्या बुझ्न तथा समाधान खोज्ने उद्देश्यले

रास्वपा नेता-कार्यकर्तालाई ज्ञानेन्द्रको चुनौती- चरित्र हत्या गर्दै नहिँड, संसद्‌मा उठाएका प्रश्नको जवाफ देऊ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

चितवन– वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन

चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित दुईजना नियन्त्रणमा

काठमाडौं– चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाटआइतबार सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित