सगरमाथा बारेको गलत सूचनाको ‘होर्डिङबोर्ड’ फेरियो | Khabarhub Khabarhub

सगरमाथा बारेको गलत सूचनाको ‘होर्डिङबोर्ड’ फेरियो


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वको सबै भन्दा अग्लो शिखर सगरमाथा रहेको देश नेपाल र विश्वको सबै भन्दा होचो अर्थात समुन्द्री सतह भन्दा ४ सय २० मिटर तल रहेको डेड सी (मृतसागर) का कारण नेपाल र इजरायलले आफ्नो देशको परिचय विश्वसामू चिनाएका छन् । मृतसागर जोर्डन र इजरायलको बीच अनि प्यालेष्टायनको टेरिटरीमा अवस्थित छ ।

विश्वसामू नै फरक पहिचान बनाएको मृतसागर हेर्न इजरालयमा हरेक वर्ष कम्तीमा ४० लाख पर्यटक पुग्ने गरेका छन् । यसरी त्यो समुन्द्र हेर्न पुग्ने ती ४० लाख पर्यटकले यो भन्दा केही महिना अघिसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा रहेको सूचना प्राप्त गरेर फर्किन्थे । नेपाली नागरिक समेत मृतसागरको (मृतसागरको सँगै रहेको Kalia Beach कालिया बीच) समुन्द्री तटमा पुग्दा ‘वर्ल्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङबोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा रहेको सूचना पढेर फर्किन बाध्य हुन्थे । त्यो बोर्डमा झण्डा समेत चीनको राखिएको थियो । अहिले त्यो होर्डिङबोर्ड फेरिएको छ । फेरिएको होर्डिङबोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख गरिएको छ र झण्डा नेपालको राखिएको छ ।

परिवर्तन गरिएको बोर्ड अहिले र पहिले

यो बोर्ड परिवर्तन गर्न इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले भूमिका खेलेकी छन् । आफूले ने मृतसागरमा रहेको बोर्डमा सर्वोच्च बारेको गलत सूचना देखेपछि यसलाई परिवर्तन गर्न लागि परेको शाक्यले बताइन । ‘सगरमाथाबारेको गतल सूचनाले मलाई दुःखी बनायो,’ राजदूत शाक्यले भनिन्, ‘त्यसपछि मैले सम्वन्धित निकायका कर्मचारीलाई तुरुन्त त्यो होर्डिङबोर्ड सच्याउन आग्रह गरेँ । निकै ठूलो प्रयासपछि विश्वको अग्लो शिखर सगरमाथा भएको देश नेपाल हो भनेर मृतसागर हेर्न आउने पर्यटकलाई चिनाउन सफल भएका छौँ । यसमा मलाई खुशी लागेको छ ।’

अब मृतसागर घुम्न जाने सबै पर्यटकले विश्वको सर्वोच्च शिखर सगरमाथा भनेर चीनको झण्डासहितको सूचनाको ठाउँमा नेपालको झण्डासहितको सूचना देख्ने जानकारी दिइन । यो बोर्ड सच्याउन इजरायल सरकारले गरेको सहयोगको पनि उनले प्रशंसा गरेकी छन् ।

शाक्यले राजदूतको कार्यभार सम्हालेपछि आफूले प्रतिवद्धता व्यक्त गरे अनुसारका धेरै प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो । उहाँले नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिइन । इजरायली उच्चप्रविधिको तालिम केन्द्र खोल्ने र त्यस मार्फत कृषि, सूचनाप्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्ने लगायतको पनि प्रक्रिया अघि बढेको उनले जानकारी दिइन ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ९ : ३० बजे

समीर स्टारर प्रतीक्षित फिल्म ‘बलिदान’को ट्रेलर एक्सन खुराकले भरिपूर्ण

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार

काठमाडौं – असोज १३ अर्थात् आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा

काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रममा युवाको उपस्थिति

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र