ऐश्वर्या र सलमान डेटिङ गएको तस्वीर एकाएक किन बन्यो भाइरल ? « Khabarhub

ऐश्वर्या र सलमान डेटिङ गएको तस्वीर एकाएक किन बन्यो भाइरल ?


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला दिन सलमान खान र ऐश्वर्या राय बच्चनको केही तस्वीर इन्टरनेटमा भाइरल बनेका छन् ।

त्यो पनि अहिलेको तस्वीर नभइ कयौं वर्ष पहिलाको । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सलमान र ऐश्वर्याको भाइरल भइरहेको तस्वीर उनीहरुबीचको प्रेम सम्बन्ध रहेको बेलाको भएको र डेटमा गएको बेलाको तस्वीर हो ।

दुबै हातले चियाको कप समातेकी ऐश्वर्याले मन्द मुस्कान दिएकी छिन् भने सलमान पनि खुसी देखिएका छन् ।

त्यस्तै अर्को तस्वीर पनि भाइरल भइरहेको छ । उनीहरुको यी तस्वीर सलमान र ऐश्वर्याका फ्यानहरुले शेयर गरिरहेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।

सलमान र ऐश्वर्याबीचको सम्बन्ध अहिले पनि चासोका साथ हेरिने गरिएको छ । फ्यानहरुले सलमान र ऐश्वर्याबीच विवाह होस् भन्ने चाहेका थिए तर त्यसो हुन सकेन ।

मिडिया रिपोर्टहरुका अनुसार सलमान र ऐश्वर्याबीच सन् १९९७ मा अफेयर शुरु भएको थियो जतिबेला सलमान पाकिस्तानी अभिनेत्री सोमी अलीसँग डेट गरिरहेका थिए । सलमानको जीवनमा जव ऐश्वर्याको प्रवेश भयो तव सोमी सलमानको जीवनबाट पछि हटिन् ।

समाचारहरुका अनुसार सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ को सुटिङको बेलामा सलमान र ऐश्वर्या गहिरो प्रेममा थिए । तर यो सम्बन्ध लामो समय चल्न सकेन । सलमानले ऐश्वर्यामाथि गर्ने शंकाका कारण उनीहरुबीचको सम्बन्धमा दरार उत्पन्न भएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : ०० बजे

लुम्बिनी प्रदेश : चार दिनमा ७८ विपद्का घटना

दाङ – लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि