फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था, कसरी गर्ने प्रयोग ? « Khabarhub

फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था, कसरी गर्ने प्रयोग ?


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल फेसबुकले केही समय पहिला डार्क मोड फिचर ल्याएको थियो । तर त्यो फिचर केही देशमा परीक्षणका लागि भन्दै प्रयोगमा ल्याइएको थियो ।

यो वर्ष मार्चमा यसलाई सबै मेसेन्जर प्रयोगकर्ताका लागि खुल्ला गरिएको थियो, तर केही प्राविधिक समस्याका कारण सबै मेसेन्जर प्रयोग कर्ताले यसको सुविधा पाएका थिएनन् ।

मेसेन्जरमा आएको डार्क मोड फिचरले प्रयोगकर्तालाई एकदम अलग अनुभव दिने छ ।

पहिला यो फिचर चलाउनका लागि आफ्नो साथजीमध्ये एकलाई चन्द्रमा आकारको इमोजी पठाउन पर्ने थियो र त्यसपछि नोटिफिकेशन आउँथ्यो र डार्क मोड अनलक हुन्थ्यो तर अब भने सबै प्रयोगकर्ताका लागि डार्क मोड उपलव्ध भएको छ ।

फेसबुकले सबैका लागि यो फिचर उपलव्ध गरेको छ । अब यसलाई अनलक गर्नका लागि कुनै खास मेसेज पठाउनुपर्ने जरुरी छैन।

मेसेन्जरमा च्याटका लागि डार्क मोड अन गर्नका लागि ऐपको सेटिङमा जान आवश्यक छ । जहाँ दायाँ तर्फको माथि यसलाई अन गर्ने स्थान दिएको छ । डार्क मोड केबल हेर्दा मात्र राम्रो नभइ आँखाको लागि पनि राम्रो हुने जनाइएको छ ।

लामो समय मेसेन्जरमा रहनेहरुको लागि यो योजना राम्रो रहेको छ । कालो डिस्प्ले भएका कारण स्मार्टफोनको व्याट्री व्याकअप पनि बढ्न जान्छ । यदी डार्क मोड अन गर्ने स्थान देख्नुभएन भने मेसेन्जर एपलाई अपडेट गर्नुहोस् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : १५ बजे

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई