फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था, कसरी गर्ने प्रयोग ? « Khabarhub

फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था, कसरी गर्ने प्रयोग ?


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल फेसबुकले केही समय पहिला डार्क मोड फिचर ल्याएको थियो । तर त्यो फिचर केही देशमा परीक्षणका लागि भन्दै प्रयोगमा ल्याइएको थियो ।

यो वर्ष मार्चमा यसलाई सबै मेसेन्जर प्रयोगकर्ताका लागि खुल्ला गरिएको थियो, तर केही प्राविधिक समस्याका कारण सबै मेसेन्जर प्रयोग कर्ताले यसको सुविधा पाएका थिएनन् ।

मेसेन्जरमा आएको डार्क मोड फिचरले प्रयोगकर्तालाई एकदम अलग अनुभव दिने छ ।

पहिला यो फिचर चलाउनका लागि आफ्नो साथजीमध्ये एकलाई चन्द्रमा आकारको इमोजी पठाउन पर्ने थियो र त्यसपछि नोटिफिकेशन आउँथ्यो र डार्क मोड अनलक हुन्थ्यो तर अब भने सबै प्रयोगकर्ताका लागि डार्क मोड उपलव्ध भएको छ ।

फेसबुकले सबैका लागि यो फिचर उपलव्ध गरेको छ । अब यसलाई अनलक गर्नका लागि कुनै खास मेसेज पठाउनुपर्ने जरुरी छैन।

मेसेन्जरमा च्याटका लागि डार्क मोड अन गर्नका लागि ऐपको सेटिङमा जान आवश्यक छ । जहाँ दायाँ तर्फको माथि यसलाई अन गर्ने स्थान दिएको छ । डार्क मोड केबल हेर्दा मात्र राम्रो नभइ आँखाको लागि पनि राम्रो हुने जनाइएको छ ।

लामो समय मेसेन्जरमा रहनेहरुको लागि यो योजना राम्रो रहेको छ । कालो डिस्प्ले भएका कारण स्मार्टफोनको व्याट्री व्याकअप पनि बढ्न जान्छ । यदी डार्क मोड अन गर्ने स्थान देख्नुभएन भने मेसेन्जर एपलाई अपडेट गर्नुहोस् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : १५ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट