उत्तरी अफगानिस्तानमा ६ जना लडाकू मारिए « Khabarhub

उत्तरी अफगानिस्तानमा ६ जना लडाकू मारिए


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल-अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा ६ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् ।

अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन् । उक्त कारबाहीका क्रममा तालिबान लडाकूका तर्फबाट पनि गोली चलाइएको सेनाले जनाएको छ ।

सेनाद्वारा जारी अर्को विज्ञप्तिमा उक्त कारबाहीका क्रममा एउटा सवारी साधन, आठ थान रकेट र आठ वटा बारुदी सुरुङ पनि बरामद भएको उल्लेख छ । भिडन्तमा सुरक्षाफौजतर्फ कुनै क्षति भएको छैन ।

गत शुक्रबारदेखि अफगानिस्तानका ३४ मध्ये २५ वटा प्रान्तमा सुरक्षाफौज र तालिबानी लडाकू समूहबीच सङ्घर्ष जारी छ । तालिबानले गत शुक्रबार नयाँ सशस्त्र सङ्घर्ष अघि बढाउने घोषणा गरेको थियो ।

तालिबानले हरेक वर्ष वसन्त ऋतुका दिनहरुमा विशेष रुपमा आक्रमणका योजना बनाउने गरेको छ । कुन्दुजमा गत शनिबार पाँच जना सैनिक, पाँच जना सर्वसाधारण र ठूलो संख्यामा लडाकूहरु मारिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ०१ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’