रोनाल्डो ‘रोक्न नसकिने’ खेलाडी – प्रशिक्षक एलेग्री « Khabarhub

रोनाल्डो ‘रोक्न नसकिने’ खेलाडी – प्रशिक्षक एलेग्री


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालीयन जाइन्ट युभेन्ट्सका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्रिष्टिायानो रोनाल्डोलाई ‘रोक्न नसकिने’ खेलाडीको संज्ञा दिएका छन् ।

च्याम्पियन्स लिगको दोस्रो लेगमा आज (मंगलबार) राति डच क्लब अयाक्सविरुद्ध खेल्न लागेको युभेन्टसका प्रशिक्षक एलेग्रीले आफ्नो फरवार्डलाई खेलका क्रममा रोक्न नसकिने खेलाडी भएको बताएका हुन् ।

च्याम्पियन्स लिगका सर्वकालीन उच्च गोलकर्ता रोनाल्डो युभेन्ट्सको घरेलु मैदानमा पाहुना टोलीविरुद्ध आक्रामक रुपमा प्रस्तुुत हुने पनि उनले अनुमान लगाएका छन् ।

पहिलो खेलमा अयाक्सविरुद्ध एक गोल गर्दै च्याम्पियन्स लिगमा १ सय २५ गोल पूरा गरेका रोनाल्डो आजको खेलमा युभेन्ट्सका लागि गोल गर्दै टिमलाई सेमिफाइनलसम्म पुर्‍याउन सफल हुने अधिकाशंले अनुमान लगाएका छन् ।

‘रोनाल्डोमा असाधारण क्षमता छ,’ युभेन्ट्सका मुख्य प्रशिक्षक एलेग्रीले भने,‘कतिपय अवस्थामा उनी रोक्न नसकिने खेलाडी जस्तो देखिन्छन् जुन उनको अनुहारबाट प्रष्ट हुन्छ ।’

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : १४ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट