रोनाल्डो ‘रोक्न नसकिने’ खेलाडी – प्रशिक्षक एलेग्री « Khabarhub

रोनाल्डो ‘रोक्न नसकिने’ खेलाडी – प्रशिक्षक एलेग्री


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालीयन जाइन्ट युभेन्ट्सका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्रिष्टिायानो रोनाल्डोलाई ‘रोक्न नसकिने’ खेलाडीको संज्ञा दिएका छन् ।

च्याम्पियन्स लिगको दोस्रो लेगमा आज (मंगलबार) राति डच क्लब अयाक्सविरुद्ध खेल्न लागेको युभेन्टसका प्रशिक्षक एलेग्रीले आफ्नो फरवार्डलाई खेलका क्रममा रोक्न नसकिने खेलाडी भएको बताएका हुन् ।

च्याम्पियन्स लिगका सर्वकालीन उच्च गोलकर्ता रोनाल्डो युभेन्ट्सको घरेलु मैदानमा पाहुना टोलीविरुद्ध आक्रामक रुपमा प्रस्तुुत हुने पनि उनले अनुमान लगाएका छन् ।

पहिलो खेलमा अयाक्सविरुद्ध एक गोल गर्दै च्याम्पियन्स लिगमा १ सय २५ गोल पूरा गरेका रोनाल्डो आजको खेलमा युभेन्ट्सका लागि गोल गर्दै टिमलाई सेमिफाइनलसम्म पुर्‍याउन सफल हुने अधिकाशंले अनुमान लगाएका छन् ।

‘रोनाल्डोमा असाधारण क्षमता छ,’ युभेन्ट्सका मुख्य प्रशिक्षक एलेग्रीले भने,‘कतिपय अवस्थामा उनी रोक्न नसकिने खेलाडी जस्तो देखिन्छन् जुन उनको अनुहारबाट प्रष्ट हुन्छ ।’

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै