ट्रक र भ्यान ठोक्किएर दुर्घटना, ११ जनाको मृत्यु « Khabarhub

ट्रक र भ्यान ठोक्किएर दुर्घटना, ११ जनाको मृत्यु


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद–पाकिस्तानमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही महिला र बालबालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परी अरू ९ जना घाइते भएका छन् ।

मंगलबार ट्रक र यात्रुबाहक भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तीव्र गतिको ट्रकले भ्यानलाई ठक्कर दिएर दुर्घटना भएको सरकारी अधिकारीहरूको भनाइ छ । दुर्घटनापछि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परी १५ जना घाइते भएका थिए ।

घटनालगत्तै उद्धारकर्ता, प्रहरी र स्थानीयबासिन्दाले घटनास्थलबाट उद्धार गरेका थिए भने घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ९ : ०८ बजे

पर्यटन प्रवद्धनका लागि पदयात्रा

काठमाडौँ – विश्व पर्यटन दिवसका अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका पर्यटकीय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज असोज ११ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २७, २०२२।

इन्डोनेसियामा पनि पहिरोमा परी ६ जनाको मृत्यु

जाकार्ता– इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको

यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा

काठमाडौँ – प्रहरीले यान्त्रिक अवस्था ठीक नभएका सवारी साधनमाथिको जाँच

खाद्यले तोक्यो खसीबोकाको बिक्री मूल्य

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र