ट्रक र भ्यान ठोक्किएर दुर्घटना, ११ जनाको मृत्यु « Khabarhub

ट्रक र भ्यान ठोक्किएर दुर्घटना, ११ जनाको मृत्यु


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद–पाकिस्तानमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही महिला र बालबालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परी अरू ९ जना घाइते भएका छन् ।

मंगलबार ट्रक र यात्रुबाहक भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तीव्र गतिको ट्रकले भ्यानलाई ठक्कर दिएर दुर्घटना भएको सरकारी अधिकारीहरूको भनाइ छ । दुर्घटनापछि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परी १५ जना घाइते भएका थिए ।

घटनालगत्तै उद्धारकर्ता, प्रहरी र स्थानीयबासिन्दाले घटनास्थलबाट उद्धार गरेका थिए भने घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ९ : ०८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका