पेलेले आफ्ना प्रशंसकलाई भने ‘म ठिक छु’ | Khabarhub Khabarhub

पेलेले आफ्ना प्रशंसकलाई भने ‘म ठिक छु’


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलका महारथी ब्राजिलियन फुटबलर पेलेले आफ्ना समर्थकको नाममा सम्बोधन गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै आफुलाई सञ्चो भएको जानकारी दिएका हुन् ।

केही समयदेखि मुत्रनलिमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पेलेले आफ्नो स्वास्थ्य ठिक भएको जानकारी ट्वीटर मार्फत दिएका हुन् ।
उनले आफ्ना प्रशंसकसँगै आफ्नो उपचारमा सघाउने अस्पतालको टिमलाई पनि धन्यवाद दिएका छन् ।

‘मेरा प्रिय मित्रहरु, मलाई खुसी महसुस भएको छ कि मैले आफु स्वस्थ रहेको जानकारी तपाईहरुलाई दिन पाएको छु । म मेरो उपचारमा सहयोग गर्ने अल्वर्ट आयन्स्टाइन अस्पतालको टिमलाई पनि धन्यवाद दिन चाहान्छु,’ पेलेले अगाडि लेखेका छन्,‘ विशेष रुपमा भन्नु पर्दा तपाईहरु सबै, जसले मेरालाई सकारात्मक उर्जाको प्राथना गर्नु भयो र म मेरो क्षेत्रमा फर्किएको छु । जीवनमा नयाँ उदेश्यको भोक लिएर ।’

अस्पताल भर्ना भएपछि पेलेलाई  फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पे र ब्राजिलका स्टार खेलाडी नेयमारले भेटेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १० : १३ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा