पेलेले आफ्ना प्रशंसकलाई भने ‘म ठिक छु’ « Khabarhub

पेलेले आफ्ना प्रशंसकलाई भने ‘म ठिक छु’


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलका महारथी ब्राजिलियन फुटबलर पेलेले आफ्ना समर्थकको नाममा सम्बोधन गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै आफुलाई सञ्चो भएको जानकारी दिएका हुन् ।

केही समयदेखि मुत्रनलिमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पेलेले आफ्नो स्वास्थ्य ठिक भएको जानकारी ट्वीटर मार्फत दिएका हुन् ।
उनले आफ्ना प्रशंसकसँगै आफ्नो उपचारमा सघाउने अस्पतालको टिमलाई पनि धन्यवाद दिएका छन् ।

‘मेरा प्रिय मित्रहरु, मलाई खुसी महसुस भएको छ कि मैले आफु स्वस्थ रहेको जानकारी तपाईहरुलाई दिन पाएको छु । म मेरो उपचारमा सहयोग गर्ने अल्वर्ट आयन्स्टाइन अस्पतालको टिमलाई पनि धन्यवाद दिन चाहान्छु,’ पेलेले अगाडि लेखेका छन्,‘ विशेष रुपमा भन्नु पर्दा तपाईहरु सबै, जसले मेरालाई सकारात्मक उर्जाको प्राथना गर्नु भयो र म मेरो क्षेत्रमा फर्किएको छु । जीवनमा नयाँ उदेश्यको भोक लिएर ।’

अस्पताल भर्ना भएपछि पेलेलाई  फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पे र ब्राजिलका स्टार खेलाडी नेयमारले भेटेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १० : १३ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका