‘तारुकाको पौरख नेपालको गौरव’, ४५ हल गोरुबीच घम्साघम्सी « Khabarhub

‘तारुकाको पौरख नेपालको गौरव’, ४५ हल गोरुबीच घम्साघम्सी


२ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– माघे सङ्क्रान्तिको अवसर पारेर नुवाकोटमा गोरु जुधाउने मेलामा यो वर्ष ४५ हल गोरु जुधाइए । जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । तारुकामा मात्र २२ हल गोरु जुधाइएको थियो ।

मेलाको उद्घाटन गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तारुकाको गोरु जुधाइ देशकै पहिचानका रुपमा विकास भएकाले यसलाई व्यवस्थित र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यहाँको पहिचान स्थापित गराउनका लागि सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले तारुकाको गोरु जुधाइने पाटोलाई सरकारीस्तरबाट खरीद गरेर खेलमैदानका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा पहिले गोरु जुधाउने गरिएकामा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरिका जुरे बहर गोरु एकै थलोमा जुधाउने चलनको शुरुवात ग¥यो । यहाँको गोरु जुधाइ हेर्न हजारौँ दर्शक ओइरएको देखेपछि जिल्लाका अन्य भागमा पनि गोरु जुधाउने परम्परालाई ब्युँताउने काम भएको छ । तारुकामा विजेता गोरुधनीलाई रु ६ हजार र हार्ने गोरुका धनीलाई रु चार हजार पुरस्कार प्रदान गरिएको थियो ।

‘तारुकाको पौरख नेपालको गौरव’ भन्ने नाराका साथ शुरु भएको मेलामा हजारौँ दर्शकको भीड लागेको थियो । कच्ची मोटरबाटो र धुलोको कारण तारुका पुग्न कठिनाइ भए पनि हजारौँ दर्शकको भीडबाट नै यहाँको गोरु जुधाइको महत्व र लोकप्रियता स्पष्ट हुने गरेको छ ।

गोरु जुधाइ पर्वले आन्तरिक पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बताउनुभयो । उहाँले पालिकाभरिको सबैभन्दा उत्कृष्ट मेला तारुकाको गोरु जुधाइ नै भएकाले मेला आयोजनामा गाउँपालिका प्रत्यक्ष सहभागी भएको बताउनुभयो ।

यस्तै, २०६७ सालबाट शुरु भएको जिल्लाको बेत्रावतीमा यो वर्ष आठ हल गोरु जुधाइए । कार्यक्रममा विदुर नगरपालिकाको प्रमुख सञ्जु पण्डितले ऐतिहासिक क्षेत्र बेत्रावतीको गोरु जुधाइले अर्को ऐतिहासिक पर्व भएकाले यसको संरक्षण र निरन्तरतामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

केही गोरु नजुधी मैदानमा आउनासाथ भागेका थिए भने केही हल गोरु ४५ मिनेटसम्म जुधिसक्दा पनि हारजीत नभएपछि छुट्याउनु परेको थियो ।

यस्तै २०७१ सालबाट शुरु भएको पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा यो वर्ष आठ हल गोरु जुधाइएको छ । यहाँ पहिलो हुने गोरुधनी सुमी थापाले रु १५ हजार, दोस्रो हुने गोरुधनी उमेश अधिकारीलाई रु १० हजार, तेस्रो हुने गोरुधनी अर्जुन प्याकुरेललाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक नवप्रतिभा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिनुभयो ।

यस्तै, यही वर्षबाट गोरु जुधाउन थलिएको लिखु गाउँपालिकाको कट्टिछापमा तीन हल गोरु र शिवपुरी गाउँपालिकाको शेरा बगरमा चार हल गोरु जुधाइएको थियो ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ५ : ३९ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको