सरकार र डा. केसी आ-आफ्नै अडानमा | Khabarhub Khabarhub

सरकार र डा. केसी आ-आफ्नै अडानमा


२ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं। संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अनुमोदन प्रक्रियामा सरकार र डा. गोविन्द केसी आआफ्नै अडानमा दृढ देखिएका छन्। केसीले सरकारले गरेको सम्झौताअनुरुप विधेयक कार्यान्वयन नभएसम्म अनशन जारी राख्ने बताएका छन्। ‘आफूसँग गरेको सम्झौता हुबहु कार्यान्वयन नगरेसम्म कुनै पनि हालतमा अनशन नत्याग्ने अडानमा हुनुहुन्छ। स्वास्थ्य अवस्था बिग्रँदै गएको छ,’ स्थानीय संयोजनकर्ता धर्म गौतमले भने।

इलाम अस्पतालमा भर्ना भएका केसीको मुटुको चाल अनियमित देखिएको छ। कहिले ३५ र कहिले बढेर दुई सयसम्म पुग्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बृजेन्द्रकुमार साहले जानकारी दिए।

मुटुको चाल अनियमित हुँदा आईसीयूमा राखेर उपचार गराउनु पर्ने हुन्छ। तर, इलाम अस्पतालमा उक्त सेवा नहुँदा उपचारमा संलग्न चिकित्सकहरू चिन्तित भएका छन्। केसीले उपचारार्थ इलाम जिल्लाबाहिर नजाने बताएका छन्। ‘इलामबाहिर किमार्थ जान्न भन्ने अडानमा हुनुहुन्छ। संसदमा रहेको चिकित्सा विधेयक जति सक्यो छिटो अक्षरसः कार्यान्वयन गर्दा नै उहाँको जीवनरक्षा हुन्छ,’ गौतमले भने। सरकारले भने केसीको सत्याग्रहलाई बेवास्ता गर्दै संसदीय प्रक्रिया अघि बढ्ने जनाएको छ। यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ७ : ४८ बजे

प्रत्यक्ष निर्वाचित कार्यकारीले स्थायित्व दिन्छ भन्नु मात्रै : लीलामणि पौडेल 

काठमाडौं– पूर्व-मुख्यसचिव लीलामणि पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशमा स्थायित्व

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

काठमाडौं – केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता

कांग्रेस बैठक : पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको

व्यवसाय सुरक्षाका कार्यक्रम तत्काल पारित गर्न सरकारलाई निजी क्षेत्रको आग्रह

काठमाडौं– निजी क्षेत्रले व्यवसाय सुरक्षाका लागि विशेष पहल गर्न आग्रह