दुई पांग्रेमा यात्रु बोक्दा भाडा ! कारबाहीमा परिएला « Khabarhub

दुई पांग्रेमा यात्रु बोक्दा भाडा ! कारबाहीमा परिएला


२ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ । विदेशीको सिको गर्दै केही व्यक्तिहरुले अनलाइनमा मार्फत यात्रुलाई दुई पांग्रे सवारी साधनमा ओसार–पसार गर्न थालेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको ध्यानआकृष्ट भएको छ ।

महाशाखाले सोमबार मोटरसाइकल र स्कुटरमा यात्रु आसार्नेसित छलफल गर्दै यात्रु नओसार्न निर्देशन दिएको छ । महाशाखाले यात्रुको सुरक्षा र कानुनी रुपमा निजी प्रयोजनका लागि अनुमति लिएर भाडामा चलाउन नपाइने भएकाले दुई पांग्रे सवारीले यात्रु ओसार्न नपाउने जनाएको हो ।

यातायात व्यवस्था विभागसँगको समन्वयन गर्न र अर्को निर्णय नहुञ्जेल यात्रु नओसार्न निर्देशन दिएको महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए ।

काठमाण्डु उपत्यकामा अहिले केही व्यक्तिको समूहले मोटरसाइकल र स्कुटरमा यात्रु ओसार्ने गरेका छन् । यस्तै ट्राफिक प्रहरीले यात्रुलाई यस्तो सेवा नलिन पनि आग्रह गरेको छ । सेवा लिँदा आफू ठगिए वा कुनै समस्यामा परे तुरुन्त ट्राफिक प्रहरी वा प्रहरीमा खबर गर्न आग्रह गरेको छ ।

नियमविपरीत मोटरसाइकल र स्कुटरमा यात्रु बोक्नेलाई एक हजार रुपैयाँ जरिवाना तिराइने पनि ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच, मोबाइल एप्लिकेशनमार्फत सम्पर्क गरी यात्रुलाई गन्तव्यमा पुर्याउँदै आएका यस्ता सेवा दर्ता नहुँदा कानूनी जटिलता देखिएको भन्दै ट्राफिक प्रहरीले पाँच जनालाई कारबाही समेत गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ८ : ४४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर