स्वास्थ्य व्यवसायी र कर्मचारी सडक संघर्षमा « Khabarhub

स्वास्थ्य व्यवसायी र कर्मचारी सडक संघर्षमा


२ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। स्वास्थ्य क्षेत्रमा कार्यरत झन्डै एक लाख स्वास्थ्य व्यवसायी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई विभेदकारी नीति अवलम्बन गरिएको भन्दै विभिन्न माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीले दैनिक रूपमा स्वास्थ्य मन्त्रालय घेराउ गर्न थालेपछि सरकारले मन्त्रालयमा प्रहरी परिचालन गर्न थालेको छ ।

उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।सीएमए/एचए आबद्व ६० हजार, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपालमा आबद्व २५ हजार, नेपाल डेन्टल हाइजेनिक एसोसिएसनमा आबद्व ८ हजार, आँखासम्बन्धी क्षेत्रका ४ हजार, जनस्वास्थ्य संघका ५ हजार, फिजियोथेराफी संघका १२ हजार पाँच सय व्यवसायी र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

यसैक्रममा ४ हजार पाँच सय सरकारी सेवामा कार्यरत एचएहरूले आन्दोलनलाई काठमाडौं केन्द्रित बनाएका छन् । संघीयताअनुसारको नयाँ संरचना र कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायतका माग राख्दै नेपाल हेल्थ असिस्टेन्ट संघ (हान) आन्दोलनमा छ ।

संघीय संरचनामा हेल्थ असिस्टेन्ट (एचए)लाई विभेद गरेको भन्दै देशभरका एचए काठमाडौंमा जम्मा भएका हुन् । उनीहरूले दैनिक माइतीघरमा समेत भेला भएर आन्दोलन गर्दै आएका छन् । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ९ : ३९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित