समृद्धिको नारा घन्काइरहेको शक्तिशाली सरकारले अघिल्लो वर्षजति पनि खर्च गर्न सकेन | Khabarhub Khabarhub

समृद्धिको नारा घन्काइरहेको शक्तिशाली सरकारले अघिल्लो वर्षजति पनि खर्च गर्न सकेन


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधार अर्थात ५० प्रतिशतमात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च भएको हो । गत वर्ष वैशाखसम्म समग्र खर्च ५९ प्रतिशत थियो भने यसपाली ५० प्रतिशतमात्र पुगेको नयाँ पत्रिकामा खबर छ । त्यस्तै गतवर्ष वैशाखसम्म पुँजीगत खर्च ४० प्रतिशत थियो भने यसपालि ३८ प्रतिशत मात्र पुगेको छ ।

त्यस्तै पत्रिकाले नेकपा पोलिटब्युरो सदस्यको नाम तयार शीर्षकमा अर्को समाचार छापेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ। साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लागेको हो। जनसंगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटे पनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लागेको छैन। साबिक अध्यक्षमध्येबाटै नेतृत्व बनाउने कि केही संगठनका अध्यक्षलाई बिदा गरेर नयाँ अध्यक्ष बनाउने भन्नेबारे सहमति हुन बाँकी रहेको उच्च स्रोतले जनायो।

पूर्वएमालेको भागबन्डामा परेको विद्यार्थी संगठन अनेरास्ववियुमा नवीना लामा र ऐन महरमध्ये अध्यक्ष ओलीले महरको नाम अघि सारेका छन्। तर, उपाध्यक्ष रश्मि आचार्यसहित अरू पनि दाबेदार रहेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्तिभन्दा पनि विधिमा आधारित भएर टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्। माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले युवा संगठनमा रामप्रसाद सापकोटालाई संयोजकका रूपमा अघि सारेका छन्। मजदुरमा पूर्वएमालेले विनोद श्रेष्ठ, माओवादीले महेश्वर दाहालको नाम अघि सारेको छ।

प्रधानमन्त्री आउँदा पनि आकाश ठप्प शीर्षकको समाचारमा प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा फन्को लगाइरहनुपरेको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकको आलोचना भइरहँदा प्रधानमन्त्री केपी ओलीले हचुवामा नल्याइएको बताएका छन्। भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्रीले बुधबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका हुन्।

विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड सिफारिस शीर्षकको समाचार ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको हो।

कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ। मंगलबार बुझाएको प्रतिवेदनमा साना विश्वविद्यालयसहित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपराष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सिफारिस गरेको छ। सबै विश्वविद्यालयको समन्वयका लागि सहकुलपतिमा शिक्षामन्त्री नै हुनुपर्ने कार्यदलले सिफारिस गरेको छ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ६ : ५१ बजे

आजका समाचार : प्रधानमन्त्री ओली न्युयोर्कमा, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा प्रचण्डको जोड

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक :

गुणस्तरीय पानी आपूर्तिलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं– चेल्सीले इङ्लिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)

काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै

एजेन्सी– रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार