ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो « Khabarhub

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको आक्रमण १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।

 उक्त घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।

शुक्रबार बिहानसम्म ब्रेन्ट क्रुडको मूल्य १.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९३.०७ डलरमा कारोबार भएको छ। त्यसैगरी, वेस्ट टेक्सास इन्टरमिडिएट को मूल्य १.८ प्रतिशतले घटेर प्रति ब्यारेल १०६.१२ डलरमा झरेको छ।

यसअघि इरानसँगको द्वन्द्व चर्किने चिन्ताका कारण तेलको मूल्य तीव्र रूपमा बढेको थियो। शुक्रबारको गिरावटले अघिल्लो दिनको मूल्य वृद्धिलाई आंशिक रूपमा मात्रै समेटेको विश्लेषण गरिएको छ, किनकि द्वन्द्व अपेक्षाभन्दा लामो समयसम्म जारी रहने आशंका अझै कायमै छ।

युद्ध सुरु भएयता ब्रेन्ट क्रुडको मूल्य करिब ५० प्रतिशतले बढेको छ भने डब्लुटीआई करिब ४० प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ९ : १४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म