ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो « Khabarhub

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको आक्रमण १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।

 उक्त घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।

शुक्रबार बिहानसम्म ब्रेन्ट क्रुडको मूल्य १.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९३.०७ डलरमा कारोबार भएको छ। त्यसैगरी, वेस्ट टेक्सास इन्टरमिडिएट को मूल्य १.८ प्रतिशतले घटेर प्रति ब्यारेल १०६.१२ डलरमा झरेको छ।

यसअघि इरानसँगको द्वन्द्व चर्किने चिन्ताका कारण तेलको मूल्य तीव्र रूपमा बढेको थियो। शुक्रबारको गिरावटले अघिल्लो दिनको मूल्य वृद्धिलाई आंशिक रूपमा मात्रै समेटेको विश्लेषण गरिएको छ, किनकि द्वन्द्व अपेक्षाभन्दा लामो समयसम्म जारी रहने आशंका अझै कायमै छ।

युद्ध सुरु भएयता ब्रेन्ट क्रुडको मूल्य करिब ५० प्रतिशतले बढेको छ भने डब्लुटीआई करिब ४० प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ९ : १४ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन