बाहन गरुड भए पनि भगवान विष्णु किन सर्पको ओछ्यानमा सुत्छन् ? « Khabarhub

बाहन गरुड भए पनि भगवान विष्णु किन सर्पको ओछ्यानमा सुत्छन् ?


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भगवान विष्णुका २४ वटा अवतार छन् । सम्पूर्ण चराचर जगतको रक्षार्थ भगवान विष्णु कहिल बराह अबतारमा प्रकट भएका छन् त कहिले मत्स्य, कहिले नारद, कहिले परशुराम त कहिले श्रीकृष्ण अवतारमै प्रकट भएको शास्त्रमा उल्लेख छ ।

त्यस्तै धार्मिक ग्रन्थका अनुसार हरेक देवी देवतादेखि दानवसम्मका आ–आफ्नै बाहनहरु पनि तोकिएका छन् । आफ्नो बाहनमाथि उनीहरुले अधिपत्य जमाइरहेका हुन्छन् । तर भगवान विष्णुको बाहन गरुड भए पनि उनले सर्पको ओछ्यान बनाएर आराम गरिरहेका कैयौं प्रतिमा तथा तस्विर देख्दै आएका छौं । उनका हरेक प्रतिमा तथा चित्रहरुमा गरुडसँगै नाग (शेष नाग) जोडिएको हुन्छ ।

त्यसो त भगवान विष्णुलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा लिइन्छ । समयअनुसार जब संसारमा पाप बढेर गएको थियो, तब विष्णुले सकल जगतको उद्धार गरेका थिए । शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो । हिन्दु धर्मका अनुासर शेषनाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आरम गर्छन् । सबै ग्रह बस्ने आसन हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ । र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ । शेषनाग भगवान विष्णुको केवल आरम गर्ने स्थान मात्र नभएर रक्षक पनि भएको हुँदा उनी शेष नागमा शयन गर्ने गरेको शास्त्रमा उल्लेख छ ।

त्यस समयमा भगवान कृष्णलाई जव उनको पिता वासुदेवले जन्मनसाथ जेलबाट घरमा लैजाँदै थिए, त्यसबेला शेषनागले तुफानबाट रक्षा गरेका थिए । त्रेता युगमा शेषनागले लक्ष्मणको रुप लिएको थियो र द्वापर युगमा बलरामको रुप लिएको शास्त्रमा उल्लेख छ । दुबै जन्ममा उनले राम र कृष्णको साथ पनि दिएको पाइन्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ७ : १३ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण