बाहन गरुड भए पनि भगवान विष्णु किन सर्पको ओछ्यानमा सुत्छन् ? « Khabarhub

बाहन गरुड भए पनि भगवान विष्णु किन सर्पको ओछ्यानमा सुत्छन् ?


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भगवान विष्णुका २४ वटा अवतार छन् । सम्पूर्ण चराचर जगतको रक्षार्थ भगवान विष्णु कहिल बराह अबतारमा प्रकट भएका छन् त कहिले मत्स्य, कहिले नारद, कहिले परशुराम त कहिले श्रीकृष्ण अवतारमै प्रकट भएको शास्त्रमा उल्लेख छ ।

त्यस्तै धार्मिक ग्रन्थका अनुसार हरेक देवी देवतादेखि दानवसम्मका आ–आफ्नै बाहनहरु पनि तोकिएका छन् । आफ्नो बाहनमाथि उनीहरुले अधिपत्य जमाइरहेका हुन्छन् । तर भगवान विष्णुको बाहन गरुड भए पनि उनले सर्पको ओछ्यान बनाएर आराम गरिरहेका कैयौं प्रतिमा तथा तस्विर देख्दै आएका छौं । उनका हरेक प्रतिमा तथा चित्रहरुमा गरुडसँगै नाग (शेष नाग) जोडिएको हुन्छ ।

त्यसो त भगवान विष्णुलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा लिइन्छ । समयअनुसार जब संसारमा पाप बढेर गएको थियो, तब विष्णुले सकल जगतको उद्धार गरेका थिए । शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो । हिन्दु धर्मका अनुासर शेषनाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आरम गर्छन् । सबै ग्रह बस्ने आसन हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ । र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ । शेषनाग भगवान विष्णुको केवल आरम गर्ने स्थान मात्र नभएर रक्षक पनि भएको हुँदा उनी शेष नागमा शयन गर्ने गरेको शास्त्रमा उल्लेख छ ।

त्यस समयमा भगवान कृष्णलाई जव उनको पिता वासुदेवले जन्मनसाथ जेलबाट घरमा लैजाँदै थिए, त्यसबेला शेषनागले तुफानबाट रक्षा गरेका थिए । त्रेता युगमा शेषनागले लक्ष्मणको रुप लिएको थियो र द्वापर युगमा बलरामको रुप लिएको शास्त्रमा उल्लेख छ । दुबै जन्ममा उनले राम र कृष्णको साथ पनि दिएको पाइन्छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : १३ बजे

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि