सन्दीपले खेले तीनकुनेमा क्रिकेट– विकेट लिए, रन पनि बनाए « Khabarhub

सन्दीपले खेले तीनकुनेमा क्रिकेट– विकेट लिए, रन पनि बनाए


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने केही दिन अगाडि मात्रै इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन् । स्वदेश फर्किए फुर्सदमा रहेका सन्दीप आफूले पहिले क्रिकेट खेलेका ठाउँ घुम्ने योजना बनाएका छन् । यस क्रममा उनी बुधबार काठमाडौंस्थित तीनकुनेमा पुगे ।

बुधबार काम विशेषले तीनकुने क्षेत्रमा पुगेका सन्दीप तीनकुने खाली चौरमा क्रिकेट खेल्दै गरेका युवाहरु देखेपछि  त्यहाँ रोकिएका थिए । एकछिन उनले पनि त्यहाँ क्रिकेट खेले ।

तीनकुनेमा पुग्दा नयाँ साथिहरु भेटेको भन्दै सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेका छन् ।

उनले तीनकुुने पुग्दा आफ्नो अतित पनि सम्झिएका छन् । ‘मेरा नयाँ साथिहरुसँग भेट्नुस् । म मेरो कामका लागि हिँड्दै थिए । मैले उनीहरु सबैलाई तीनकुने मैदानमा खेलिरहेको देखेँ,’ सन्दीपले लेखेका छन्, ‘त्यो मैदान छिर्दै गर्दा म मेरो बाल्यकाल सम्झन चाहान्छु । जतिबेला म मेरा साथिहरुसँग टेनिस बलले क्रिकेट खेल्थे ।’

आईपीएलमा दिल्ली क्यापीटल्सबाट ६ खेल खेलेका उनले ८ विकेट लिएका थिए । बुधबार मात्रै सन्दीपको नाम नयाँ संस्करणको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा अटाइसकेका छन् । उनले अघिल्लो वर्ष सेन्ट नेभिस एन्ड प्याट्रियट्सबाट सीपीएल खेलेका थिए ।

तीनकसुनेमा स्थानीय युवासँग खेल्दा रमाइलो महसूस भएको बताएका सन्दीपले भने, ‘मैले उनीहरुसँग केही समय विताए । भाग्यवश विकेट लिन सके र केही रन प्रहार गरे ।’

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : २७ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ