सन्दीपले खेले तीनकुनेमा क्रिकेट– विकेट लिए, रन पनि बनाए « Khabarhub

सन्दीपले खेले तीनकुनेमा क्रिकेट– विकेट लिए, रन पनि बनाए


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने केही दिन अगाडि मात्रै इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन् । स्वदेश फर्किए फुर्सदमा रहेका सन्दीप आफूले पहिले क्रिकेट खेलेका ठाउँ घुम्ने योजना बनाएका छन् । यस क्रममा उनी बुधबार काठमाडौंस्थित तीनकुनेमा पुगे ।

बुधबार काम विशेषले तीनकुने क्षेत्रमा पुगेका सन्दीप तीनकुने खाली चौरमा क्रिकेट खेल्दै गरेका युवाहरु देखेपछि  त्यहाँ रोकिएका थिए । एकछिन उनले पनि त्यहाँ क्रिकेट खेले ।

तीनकुनेमा पुग्दा नयाँ साथिहरु भेटेको भन्दै सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेका छन् ।

उनले तीनकुुने पुग्दा आफ्नो अतित पनि सम्झिएका छन् । ‘मेरा नयाँ साथिहरुसँग भेट्नुस् । म मेरो कामका लागि हिँड्दै थिए । मैले उनीहरु सबैलाई तीनकुने मैदानमा खेलिरहेको देखेँ,’ सन्दीपले लेखेका छन्, ‘त्यो मैदान छिर्दै गर्दा म मेरो बाल्यकाल सम्झन चाहान्छु । जतिबेला म मेरा साथिहरुसँग टेनिस बलले क्रिकेट खेल्थे ।’

आईपीएलमा दिल्ली क्यापीटल्सबाट ६ खेल खेलेका उनले ८ विकेट लिएका थिए । बुधबार मात्रै सन्दीपको नाम नयाँ संस्करणको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा अटाइसकेका छन् । उनले अघिल्लो वर्ष सेन्ट नेभिस एन्ड प्याट्रियट्सबाट सीपीएल खेलेका थिए ।

तीनकसुनेमा स्थानीय युवासँग खेल्दा रमाइलो महसूस भएको बताएका सन्दीपले भने, ‘मैले उनीहरुसँग केही समय विताए । भाग्यवश विकेट लिन सके र केही रन प्रहार गरे ।’

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : २७ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको