आणविक सम्झौता कार्यान्वयनका लागि आफ्नो मुलुक संयम छ : इरानी विदेशमन्त्री « Khabarhub

आणविक सम्झौता कार्यान्वयनका लागि आफ्नो मुलुक संयम छ : इरानी विदेशमन्त्री


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– इरानी विदेशमन्त्रीले अमेरिकी नाकाबन्दीका बावजुद इरानले सन् २०१५ मा भएको आणविक सम्झौता पालना गर्न आफ्नो मुलुकले अधिकतम संयमता अपनाइरहेको बताएका छन् ।

जापान भ्रमणमा रहेका इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफले पछिल्लो समय इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीका बावजुद सन् २०१५ मा भएको आणविक सम्झौता पालनका लागि इरानले हरसम्भव प्रयत्न गरिरहेको जनाएका हुन् ।

आफ्ना जापानी समकक्षी तारो कोनोसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री जरिफले अमेरिकी नाकाबन्दी अस्वीकार्य रहेको भन्दै अमेरिकासँग द्वन्द्व सिर्जना नहोन् भन्नाका लागि आफ्नो मुलुक संयम रहेको जनाएका हुन् ।

सन् २०१५ मा भएको इरानका आणविक सम्झौताबाट गत वर्ष अमेरिका बाहिरिएपछि अमेरिकाले इरानमाथि एकपछि अर्को नाकाबन्दी लगाउँदै आएको छ । अमेरिकाले भने पछिल्लो समय इरानबाट त्यस क्षेत्रमा रहेका अमेरिकी फौज तथा अमेरिकी साझेदार मुलुकमाथि खतरा रहेको बताउँदै त्यहाँ लडाकु विमानवाहक नौसैनिक पानीजहाज तथा बमवर्षक विमान परिचालन गरेको छ ।

यसअघि इरानले सन् २०१५ मा इरान तथा अमेरिकासहित जर्मनी, फ्रान्स, बेलायत रुस र चीनबीच भएको आणविक सम्झौताका केही बुँदाबाट बाहिरिएको घोषणा गर्दै युरेनियमको प्रशोधनलाई निरन्तरता दिने जनाएको छ ।

त्यसबीच एकपछि अर्को गरी त्यस क्षेत्रमा अमेरिका र इरानबीच तनाब बढ्दै गइरहेका बेला अमेरिकाले इरान समर्थित लडाकुबाट आक्रमण हुनसक्ने भन्दै इराकमा रहेका आफ्ना कर्मचारी फिर्ता बोलाइसकेको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : ४२ बजे

सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

काठमाडौं – जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ

खुमलटारमा प्रचण्ड–सिटौलाबीच भेटवार्ता

काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवार (सूचीसहित)

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको

इलोन मस्कलाई पछि पार्दै अर्नाल्ट बने विश्वकै धनी व्यक्ति

काठमाडौं – फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट संसारको सबैभन्दा धनाढ्य व्यक्ति

वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी – उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली