आणविक सम्झौता कार्यान्वयनका लागि आफ्नो मुलुक संयम छ : इरानी विदेशमन्त्री « Khabarhub

आणविक सम्झौता कार्यान्वयनका लागि आफ्नो मुलुक संयम छ : इरानी विदेशमन्त्री


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– इरानी विदेशमन्त्रीले अमेरिकी नाकाबन्दीका बावजुद इरानले सन् २०१५ मा भएको आणविक सम्झौता पालना गर्न आफ्नो मुलुकले अधिकतम संयमता अपनाइरहेको बताएका छन् ।

जापान भ्रमणमा रहेका इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफले पछिल्लो समय इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीका बावजुद सन् २०१५ मा भएको आणविक सम्झौता पालनका लागि इरानले हरसम्भव प्रयत्न गरिरहेको जनाएका हुन् ।

आफ्ना जापानी समकक्षी तारो कोनोसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री जरिफले अमेरिकी नाकाबन्दी अस्वीकार्य रहेको भन्दै अमेरिकासँग द्वन्द्व सिर्जना नहोन् भन्नाका लागि आफ्नो मुलुक संयम रहेको जनाएका हुन् ।

सन् २०१५ मा भएको इरानका आणविक सम्झौताबाट गत वर्ष अमेरिका बाहिरिएपछि अमेरिकाले इरानमाथि एकपछि अर्को नाकाबन्दी लगाउँदै आएको छ । अमेरिकाले भने पछिल्लो समय इरानबाट त्यस क्षेत्रमा रहेका अमेरिकी फौज तथा अमेरिकी साझेदार मुलुकमाथि खतरा रहेको बताउँदै त्यहाँ लडाकु विमानवाहक नौसैनिक पानीजहाज तथा बमवर्षक विमान परिचालन गरेको छ ।

यसअघि इरानले सन् २०१५ मा इरान तथा अमेरिकासहित जर्मनी, फ्रान्स, बेलायत रुस र चीनबीच भएको आणविक सम्झौताका केही बुँदाबाट बाहिरिएको घोषणा गर्दै युरेनियमको प्रशोधनलाई निरन्तरता दिने जनाएको छ ।

त्यसबीच एकपछि अर्को गरी त्यस क्षेत्रमा अमेरिका र इरानबीच तनाब बढ्दै गइरहेका बेला अमेरिकाले इरान समर्थित लडाकुबाट आक्रमण हुनसक्ने भन्दै इराकमा रहेका आफ्ना कर्मचारी फिर्ता बोलाइसकेको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : ४२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको