भूकम्पपछिको पुनःनिर्माणका लागि ९० हजार क्युफिट काठ वितरण « Khabarhub

भूकम्पपछिको पुनःनिर्माणका लागि ९० हजार क्युफिट काठ वितरण


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– १२ वैशाख २०७२ को भूकम्पका कारण भत्किएका घरको पुनःनिर्माणका लागि काठमाडौं उपत्यकामा ९० हजार क्युफिट चिरान गरिएको काठ वितरण गरिएको छ ।

टिम्बर कर्पोरेशनले भूकम्पले क्षति पुगेका २ हजार ४ सय ५० घरको पुनःनिर्माणका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा ९० हजार क्युफिट चिरान काठ वितरण गरेको हो ।

कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले पुनःनिर्माणका लागि माग भएअनुसार आफूहरुले काठ उपलब्ध गराइरहेको जानकारी दिए ।

‘घर पुनःनिर्माणका लागि माग भएको २ लाख ५८ हजार क्युफिट काठमध्ये ९० हजार क्युफिट काठ वितरण गरिसकेका छौं, अब १ लाख ६८ हजार क्युफिट काठ चाँडै नै उपलब्ध गराउँछौँ,’ महाप्रबन्धक लौडारीले भने ।

कर्पोरेशनले दिने भनेका बाँकी १ लाख ६८ हजार क्युफिट काठमाले भूकम्पले भत्किएका ३ हजार घरको पुनःनिर्माण हुने अपेक्षा गरिएको छ ।

२१ मा २०७२ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘भूकम्पपीडितका लागि काठ उत्पादन र व्यवस्थापन निर्देशिका–२०७२’ गरेसँगै कर्पाेरेशनले विसं २०७४ जेठ २९ गतेदेखि उपत्यकाका भूकम्पपीडित तथा सम्पदा निर्माणका लागि काठ वितरण गर्न थालेको थियो ।

निर्देशिकाको परिच्छेद–५ को दफा ११ मा भूकम्प प्रभावित संरचनाका लागि काठ उपलब्ध गराउन, लगत तयार गर्न, आवश्यक काठ वन विभागसँग माग गर्न, काठ वितरण र सुरक्षाको व्यवस्था मिलाउन तथा काठ वितरणको अनुगमन गर्न भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १ : १२ बजे

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने