‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ को बूकिङ खुल्यो « Khabarhub

‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ को बूकिङ खुल्यो


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने दुई चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ को बूकिङ खुला गरिएको छ । यस वर्षका दुई आशा गरिएका फिल्मको रिलिजअघि नै बूकिङ खुला गरिएको हो ।

राजधानीका मल्टिप्लेक्स हलहरुमा चलचित्र ‘जात्रै जात्रा’ ले बढी शो पाएको छ । यस्तै ‘वीर विक्रम २’ पनि शुक्रवार ओपनिङ दिनका लागि क्युएफएक्सका हलमा १३ शो पाएको छ । यता ‘जात्रै जात्रा’ ले भने क्युएफएक्सका राजधानीका हलमा १९ शो पाएको छ ।

फिल्मको कुरा गर्नुपर्दा चलचित्र ‘जात्रै जात्रा’ मा प्रदीप भट्टराईको निर्देशन देख्न सकिन्छ भने यो फिल्ममा रविन्द्र सिंह बानियाँ, दयाहाङ राई, रविन्द्र झा, वर्षा राउत, विपिन कार्की लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । यो फिल्म ‘जात्रा’ को सिक्वेल हो । निर्माण टिमका अनुसार ‘जात्रा’ मा कथा जहाँ सकिन्छ, त्यहीँबाट दोस्रो सिक्वेलमा कथा शुरु हुन्छ ।

यस्तै फिल्म ‘वीर विक्रम २’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो फिल्ममा प्रदीप भारद्वाजको कथा छ भने पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई वीर र विक्रमको मित्रताको कथा भनिएको छ । फिल्मले हिमाली गाउँको कथालाई कथानक बनाइएको छ । बुधरवार गरिएको प्रिमियरमा यो फिल्मले राम्रै प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  २ : ३३ बजे

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)