‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ को बूकिङ खुल्यो « Khabarhub

‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ को बूकिङ खुल्यो


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने दुई चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ को बूकिङ खुला गरिएको छ । यस वर्षका दुई आशा गरिएका फिल्मको रिलिजअघि नै बूकिङ खुला गरिएको हो ।

राजधानीका मल्टिप्लेक्स हलहरुमा चलचित्र ‘जात्रै जात्रा’ ले बढी शो पाएको छ । यस्तै ‘वीर विक्रम २’ पनि शुक्रवार ओपनिङ दिनका लागि क्युएफएक्सका हलमा १३ शो पाएको छ । यता ‘जात्रै जात्रा’ ले भने क्युएफएक्सका राजधानीका हलमा १९ शो पाएको छ ।

फिल्मको कुरा गर्नुपर्दा चलचित्र ‘जात्रै जात्रा’ मा प्रदीप भट्टराईको निर्देशन देख्न सकिन्छ भने यो फिल्ममा रविन्द्र सिंह बानियाँ, दयाहाङ राई, रविन्द्र झा, वर्षा राउत, विपिन कार्की लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । यो फिल्म ‘जात्रा’ को सिक्वेल हो । निर्माण टिमका अनुसार ‘जात्रा’ मा कथा जहाँ सकिन्छ, त्यहीँबाट दोस्रो सिक्वेलमा कथा शुरु हुन्छ ।

यस्तै फिल्म ‘वीर विक्रम २’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो फिल्ममा प्रदीप भारद्वाजको कथा छ भने पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई वीर र विक्रमको मित्रताको कथा भनिएको छ । फिल्मले हिमाली गाउँको कथालाई कथानक बनाइएको छ । बुधरवार गरिएको प्रिमियरमा यो फिल्मले राम्रै प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  २ : ३३ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न