अमेरिकी हिरासतमा रहेका ग्वाटेमालाका एक बालकको मृत्यु | Khabarhub Khabarhub

अमेरिकी हिरासतमा रहेका ग्वाटेमालाका एक बालकको मृत्यु


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकी सीमा क्षेत्रमा बन्दी बनाइएका ग्वाटेमालाका अढाई वर्षीय एक बालकको मृत्यु भएको छ ।

अवैधानिक तरिकाले मेक्सिकोको सीमा हुँदै अमेरिका प्रवेश गर्ने क्रममा अघिल्लो महिना अमेरिकाको भन्सार तथा सीमा सुरक्षा प्रहरीबाट मेक्सिकोको सिउडाड हुआरेज तथा अमेरिकाको एल पासो शहरको सीमानजिक पक्राउ परेका ती बालकको उपचारका क्रममा मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु भएका बालकको पहिचान भने खुलाइएको छैन ।

कारागारमा रहेका बेला बालकको स्वास्थ्य अवस्था कमजोर रहेकाले उनलाई उनकी आमासहित रिहा गरिएको थियो । त्यसबेला बालक तीब्र ज्वरो र श्वास प्रश्वासमा कठिनाइको समस्याबाट ग्रसित रहेका जनाइएको छ ।

निमोनियाका कारण बालकको ज्यान गएको अमेरिकी अधिकारीले जनाएका छन् । ग्वाटेमालाको विदेश मन्त्रालयले अमेरिकी सीमा क्षेत्रमा आफ्नो मुलुकका बालकको मृत्यु भएको पुष्टि गरेको छ ।

यसअघि गत डिसेम्बरयता अमेरिकी सीमा क्षेत्रमा अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने ग्वाटेमालाका तीन बालबालिकाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ३ : ३८ बजे

एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित

हाङझाउ – १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम

महोत्तरीमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रा अवलोकन गर्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

कैलाली – जोशीपुर गाउँपालिका– ५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश