ललितकला प्रदर्शनी हेर्न जाने हैन ? « Khabarhub

ललितकला प्रदर्शनी हेर्न जाने हैन ?


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा ‘नवौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरिएको सो प्रर्दशनीको बिहीबार उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उनले सो प्रर्दशनीले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री पोखरेलले कला, भाषा र साहित्यको क्षेत्रबाट मुलुकको समृद्धिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पुर्‍याउँदै आएको योगदानको पनि प्रशंशा गरेका थिए ।

कार्यक्रममा ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ वरिष्ठ कलाकारद्धय चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई प्रदान गरियो ।उपप्रधानमन्त्री पोखरेलले कलाकारद्धय ताम्राकार र राईलाई नगद १ लाखसहित सो सम्मान प्रदान गरे । नेपाली कला क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने उद्देश्यका साथ शुरु भएको सो प्रर्दशनी २० दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ६ : १४ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर