ललितकला प्रदर्शनी हेर्न जाने हैन ? | Khabarhub Khabarhub

ललितकला प्रदर्शनी हेर्न जाने हैन ?


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा ‘नवौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरिएको सो प्रर्दशनीको बिहीबार उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उनले सो प्रर्दशनीले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री पोखरेलले कला, भाषा र साहित्यको क्षेत्रबाट मुलुकको समृद्धिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पुर्‍याउँदै आएको योगदानको पनि प्रशंशा गरेका थिए ।

कार्यक्रममा ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ वरिष्ठ कलाकारद्धय चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई प्रदान गरियो ।उपप्रधानमन्त्री पोखरेलले कलाकारद्धय ताम्राकार र राईलाई नगद १ लाखसहित सो सम्मान प्रदान गरे । नेपाली कला क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने उद्देश्यका साथ शुरु भएको सो प्रर्दशनी २० दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ६ : १४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा