६ लाख कर्मचारीको एकै पटक स्वास्थ्य बिमा « Khabarhub

६ लाख कर्मचारीको एकै पटक स्वास्थ्य बिमा


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी सञ्चयकोषले आफ्ना ६ लाख सञ्चायकर्ता कर्मचारीको एकै पटक स्वास्थ्य बिमा गराउने भएको छ । आगामी मंसिर १ देखि लागू हुनेगरी बिमा गर्ने भएको हो ।

कोषले गरेको आम्दानीबाट छुट्याइएको विभिन्न कोषहरुको प्रयोग गरी सञ्चयकोषले बिमा गर्ने योजना अघि सारेको जानकारी दिएको छ ।कोषले १ लाख बराबरको औषधी उपचार खर्च र १० लाख रुपैयाँ बराबरको घातक रोगको बापतको जोखिमको बिमा गर्ने भएको हो ।

प्रत्येक बर्ष यो बिमा योजना नवीकरण गर्नुपर्छ । कोषले राष्ट्रिय बिमा संस्थानसँग बिमा सम्झौता गरेको छ । यो सम्झौता तीन बर्षको लागि हुनेछ । कर्मचारीले बिमाको दायरामा ल्याउन यस्तो सम्झौता गरेको जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ६ : ३३ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक