आधुनिक अष्ट्रेलियाका सफल पूर्व प्रधानमन्त्री हकको निधन | Khabarhub Khabarhub

आधुनिक अष्ट्रेलियाका सफल पूर्व प्रधानमन्त्री हकको निधन


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– आधुनिक अष्ट्रेलियाका सबैभन्दा सफल मानिएका पूर्व प्रधानमन्त्री बब हकको निधन भएको छ । सन् १९८० को दशकमा अष्ट्रेलियाको राजनीतिमा मुख्य भूमिकामा रहेका हकका ८९ वर्षको उमेरमा निधन भएको हो ।

निकै लामो समयदेखि बिमारी रहेका उनले घरमै शान्तिपूर्वक देह त्याग गरेको उनको पारिवारिक श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई दोश्रो विश्वयुद्धपछि अष्ट्रेलियाका सबैभन्दा महत्वपूर्ण राजनीतिज्ञको रुपमा लिने गरिन्छ । उनले सन् १९८३ देखि सन् १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

मध्य–बामपन्थी लेबर पार्टीका नेताका रुपमा उनले सबैभन्दा लामो समय प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकीकरण गर्ने जस दिने गरिन्छ । उनले अष्ट्रेलियाको बजार सुधारीकरण तथा अष्ट्रेलियन डलरलाई चलायमान बनाउन समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी क्रिकेट खेलका पारखी समेत थिए । उनले दक्षिण अफ्रिकाको अपारताइड रंगभेदी सरकारको तीब्र आलोचक समेत रहेका उनले अन्टार्कटिकामा खानी सञ्चालन गर्न प्रतिबन्ध गर्ने अभियानमा समेत सक्रिय रुपमा सहभागि रहँदै आएका थिए । उनकै नेतृत्वमा अष्ट्रेलियामा १९८४ मा स्वास्थ्य सेवामा मेडिकेयर नामक कार्यक्रम अघि सारेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ६ : ५२ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको