भैरहवाको सीमा क्षेत्रमा गोली चल्यो, हतियारसहित एक भारतीय पक्राउ « Khabarhub

भैरहवाको सीमा क्षेत्रमा गोली चल्यो, हतियारसहित एक भारतीय पक्राउ


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगपालिकामा शंकरपुर नाकामा बिहीबार दिउँसो हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । सादा पोशाकका रहेका प्रहरीमाथि भारतीय पक्षले आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी समेत घाइते भएको डीएसपी भण्डारीले बताए । रुपन्देही प्रहरीले उनीहरुको समूहका १ जनालाई हतियार सहित पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ का झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ । उनको साथबाट मेड ईन युएसए लेखेको १ थान अटोमेटिक पेस्तोल बरामद भएको डिएसपी भण्डारीले बताए ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : २५ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री