भैरहवाको सीमा क्षेत्रमा गोली चल्यो, हतियारसहित एक भारतीय पक्राउ | Khabarhub Khabarhub

भैरहवाको सीमा क्षेत्रमा गोली चल्यो, हतियारसहित एक भारतीय पक्राउ


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगपालिकामा शंकरपुर नाकामा बिहीबार दिउँसो हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । सादा पोशाकका रहेका प्रहरीमाथि भारतीय पक्षले आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी समेत घाइते भएको डीएसपी भण्डारीले बताए । रुपन्देही प्रहरीले उनीहरुको समूहका १ जनालाई हतियार सहित पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ का झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ । उनको साथबाट मेड ईन युएसए लेखेको १ थान अटोमेटिक पेस्तोल बरामद भएको डिएसपी भण्डारीले बताए ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : २५ बजे

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म

काठमाडौँ– बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक

कुबेरको पूजा गर्नाले के के प्राप्ति हुन्छ ?

मानव जीवनमा धन सम्पत्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक

एनएसएल फुटबल : आज इलाम र पोखरा भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण अन्तर्गत आज

कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर २० गते) बुधबारका