बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश « Khabarhub

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अभियोग जेल पठाउने आदेश जारी गरेको छ।

भट्ट र अग्रवालको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएपछि उच्च अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

न्यायाधीश ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले दुवैजनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

यी दुईजनाविरुद्ध बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी उच्च अदालतमा मुद्दा हालिएको थियो ।

बैंकबाट लिएको कर्जा प्रयोजनविपरीत प्रयोग गरी दुरुपयोग गरेको आरोपमा उच्च सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध मुद्दा हालेको थियो । दुवैविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाहीको माग गरिएको थियो।

जगदम्बा स्टील्सका लागि लिइएको ‘वर्किङ क्यापिटल लोन’को रकम भट्ट र अग्रवालको मिलेमतोमा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गरिएको दाबी अभियोजनकर्ताको थियो ।

‘वर्किङ क्यापिटल लोन’को रकम जग्गा खरिदका लागि बैनाका रूपमा हालिएको अनुसन्धानबाट खुलेको थियो। दुवैले बैंकलाई भ्रममा पारेर कर्जा दुरुपयोग गरेको आरोप लगाइएको थियो ।

उता सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरूविरुद्ध २६ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरिएको थियो। विशेषले पनि उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

बैंकिङ कसुरसम्बन्धी मुद्दाका प्रतिवादी अर्का उद्योगी साहिल अग्रवाल र शंकरलाल अग्रवाल फरार रहेको अभियोजन पत्रमा भनिएको छ।

उता धितोपत्र तथा बीमा ऐनविपरीतको कसुरमा भट्ट, सुलभ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : ४३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर