बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश « Khabarhub

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अभियोग जेल पठाउने आदेश जारी गरेको छ।

भट्ट र अग्रवालको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएपछि उच्च अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

न्यायाधीश ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले दुवैजनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

यी दुईजनाविरुद्ध बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी उच्च अदालतमा मुद्दा हालिएको थियो ।

बैंकबाट लिएको कर्जा प्रयोजनविपरीत प्रयोग गरी दुरुपयोग गरेको आरोपमा उच्च सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध मुद्दा हालेको थियो । दुवैविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाहीको माग गरिएको थियो।

जगदम्बा स्टील्सका लागि लिइएको ‘वर्किङ क्यापिटल लोन’को रकम भट्ट र अग्रवालको मिलेमतोमा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गरिएको दाबी अभियोजनकर्ताको थियो ।

‘वर्किङ क्यापिटल लोन’को रकम जग्गा खरिदका लागि बैनाका रूपमा हालिएको अनुसन्धानबाट खुलेको थियो। दुवैले बैंकलाई भ्रममा पारेर कर्जा दुरुपयोग गरेको आरोप लगाइएको थियो ।

उता सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरूविरुद्ध २६ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरिएको थियो। विशेषले पनि उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

बैंकिङ कसुरसम्बन्धी मुद्दाका प्रतिवादी अर्का उद्योगी साहिल अग्रवाल र शंकरलाल अग्रवाल फरार रहेको अभियोजन पत्रमा भनिएको छ।

उता धितोपत्र तथा बीमा ऐनविपरीतको कसुरमा भट्ट, सुलभ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : ४३ बजे

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा

सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै

राष्ट्रपतिकै सामुन्‍ने संसद् बङ्क, संवैधानिक आयोगमा हस्तक्षेप, राजदूतको अपमान, अब कसरी अघि बढ्लान् ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को विवादित कार्यशैली रोकिने भन्दा अझै