कश्मीरमा लडाकु र सुरक्षाकर्मीबीचको भीडन्तमा ५ जना मारिए « Khabarhub

कश्मीरमा लडाकु र सुरक्षाकर्मीबीचको भीडन्तमा ५ जना मारिए


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारत प्रशासित कश्मीरमा पृथकतावादी लडाकु तथा सुरक्षाकर्मीबीच भएको भीडन्तमा ५ जनाको ज्यान गएको छ ।

दक्षिणी कश्मीरको डालिपोरा जिल्लामा भएको भीडन्तमा मारिनेमा एकजना लडाकु कमाण्डर समेत छन् । लडाकुहरु एक घरमा लुकेर बसेको आशंकामा सुरक्षाकर्मीले कारवाही गरेको र लडाकुले जवाफी फायरिङ गरेपछि भीडन्त भएको थियो । सुरक्षाकर्मीले लडाकु लुकेर बसेको भनिएको घरमा एक गैरसैनिकलाई घरभित्र जान बाध्य बनाएको र भीडन्तमा उनको समेत ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, भारतीय सुरक्षा निकायले भने उक्त आरोप खण्डन गरेको छ । भीडन्तपछि स्थानीयले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा वर्षाएका थिए । जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ८ : २० बजे

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस