कश्मीरमा लडाकु र सुरक्षाकर्मीबीचको भीडन्तमा ५ जना मारिए « Khabarhub

कश्मीरमा लडाकु र सुरक्षाकर्मीबीचको भीडन्तमा ५ जना मारिए


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारत प्रशासित कश्मीरमा पृथकतावादी लडाकु तथा सुरक्षाकर्मीबीच भएको भीडन्तमा ५ जनाको ज्यान गएको छ ।

दक्षिणी कश्मीरको डालिपोरा जिल्लामा भएको भीडन्तमा मारिनेमा एकजना लडाकु कमाण्डर समेत छन् । लडाकुहरु एक घरमा लुकेर बसेको आशंकामा सुरक्षाकर्मीले कारवाही गरेको र लडाकुले जवाफी फायरिङ गरेपछि भीडन्त भएको थियो । सुरक्षाकर्मीले लडाकु लुकेर बसेको भनिएको घरमा एक गैरसैनिकलाई घरभित्र जान बाध्य बनाएको र भीडन्तमा उनको समेत ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, भारतीय सुरक्षा निकायले भने उक्त आरोप खण्डन गरेको छ । भीडन्तपछि स्थानीयले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा वर्षाएका थिए । जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ८ : २० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती