कुन राशीका नेताहरुको राजनीतिमा रहने छ सुनौलो भाग्य | Khabarhub Khabarhub

कुन राशीका नेताहरुको राजनीतिमा रहने छ सुनौलो भाग्य


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिषको सबै भन्दा ठूलो ग्रह बृहस्पति केवल कर्कट लग्नमा मात्र उच्च हुन्छ । चन्द्र तथा बृहस्पतिको अद्भुत संयोगको कारण यो लग्न जनतामा प्रसिद्धि प्रदान गर्ने छ । साथै चन्द्र मंगलका कारण यो प्रसिद्धिले उच्च पदसम्म पुर्‍याउने छ ।

संसारमा चार लग्न भएका मानिस भाग्यको मामिलामा सबैभन्दा असल र भाग्यमानी सावित हुनेछन् । मेष लग्न, कर्कट लग्न, तुला लग्न र मकर लग्न । यिनीहरुको जीवन आमरुपमा भाग्यको साथमा मिलिहाल्छन् । के तपाईं कर्कट लग्न यति प्रभावशाली किन हुन्छन् भन्ने जान्न चाहनु हुन्छ ?
कर्कट लग्नको स्वामी चन्द्रमा हुन्छ । जो राजसी ग्रह हो । यसमा मंगल सर्वाधिक महत्वपूर्ण हुन्छ, जसबाट व्यक्तिलाई साहस र शक्ति मिल्ने छ । शुक्र यसमा लाभको स्वामी हुन्छ । त्यसैले यस्ता व्यक्तिलाई खासै धनको अभाव हुँदैन । बृहस्पतिले यसमा भाग्यको नियन्त्रित गर्छ । तर सामान्य रुपबाट हेर्ने हो भने व्यक्तिको जन्मबाट नै भाग्यको वरदान मिल्ने गर्दछ ।

कर्कट लग्न राजनीतिमा किन लोकप्रिय हुन्छ ?

कर्कट लग्नमा हरेक ग्रह उसैको भावका स्वामी हुन्छ । जहाँ ऊ सबैभन्दा मजबुत हुन्छ । ज्योतिषको सबैभन्दा ठूलो ग्रह बृहस्पति केवल कर्कट लग्नमा मात्र उच्च स्थानमा हुन्छ । चन्द्र तथा बृहस्पतिको अद्भुत संयोगका कारण यस्तो लग्नले जनतामा प्रसिद्धि प्रदान गर्छ । र चन्द्र मंगलका कारण यो प्रसिद्धिले उच्च पदसम्म पुर्‍याउँछ ।

यसमा सूर्य पनि कर्मको स्थानमा सर्वाधिक बलियो रुपमा बसेको हुन्छ । यस्तै यो लग्नमा जन्मजात राजयोग मिल्ने पनि सम्भावना हुन्छ ।

राजनेताको कुण्डली किन कर्कट लग्न वा राशि ? (यहाँ राजनेताको कुरा गर्नु पर्दा केही भारतीय राजनेताको नाम उल्लेख गरिन्छ ।)

– स्वतन्त्र भारतको चन्द्र कुण्डली पनि कर्कट लग्नकै थियो ।
– भारतका पूर्व प्रधानमन्त्री जवहारलाल नेहरुको लग्न तथा राशि दुवै कर्कट थियो ।
– इन्दिरा गान्धी तथा सोनिया गान्धीको पनि लग्न कर्कट नै छ ।
– भारतका पूर्व प्रधानमन्त्री वीपी सिंह तथा देवगौडाको पनि लग्न कर्कट थियो ।
– भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको चन्द्र लग्न कर्कट थियो ।
– दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको लग्न पनि कर्कट नै थियो ।

कर्कट लग्न भएका व्यक्तिले राख्नु पर्ने सावधानी

– विवाह तथा वैवाहिक जीवनमा सँधै ध्यान राख्नु पर्छ ।
– चरित्र पतनबाट आफुलाई बचाउनु पर्छ।
– स्वास्थ्य तथा जीवनचर्याको सँधै ध्यान राख्नु पर्छ।
– परामर्श लिएर एउटा मुँगा अवश्य धारण गर्नु पर्छ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १० : ५६ बजे

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल