न्युरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ « Khabarhub

न्युरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौंको न्यूरोड क्षेत्रमा आज (आइतबार)देखि स्मार्ट पार्किङ शुरु हुने भएको छ । यो सशुल्क स्मार्ट पार्किङको आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

केहिदिन अघि परीक्षण स्वरुप सञ्चालन गरिएको पार्किङ प्रभावकारी भएकाले यसलाई विस्तार गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । आजदेखि न्युरोडमा शुरु हुने स्मार्ट पाकिङका लागि ५ स्थानको व्यवस्था गरिएको छ ।

विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ प्रणाली उपलब्ध हुने स्मार्ट पार्किङका लागि महानगरको साझेदार कम्पनी ह्विल्स ट्युली योअर्सका प्राविधिक संयोजक हरिश अग्रवालले जानकारी दिए । यी स्थानमा ८ सय बाइक र ६० वटा गाडी पार्किङ गर्न सक्ने क्षमता छ ।

कसरी प्रयोग गर्ने ?

स्मार्ट पार्किङमा दुइ पांग्रे तथा चार पांग्रे सवारी साधनले पार्किङ गर्न पाउने छन् । कम्पनीले एप्स्मार्फत स्मार्ट पार्किङ गर्ने सुविधा समेत ल्याएको छ ।

‘प्रयोगकर्ताले मोवाइलमार्फत ‘Park Ktm’ एप्लिकेशन डाउनलोड गरी घरमै बसेर पार्किङ बुकिङ गर्न सक्नेछन्’ अग्रवालले भने ।

उनका अनुसार पार्किङ गर्न चाहने व्यक्तिले एप्लिकेशन मार्फत घरमै बसेर पार्किङका बारेमा सुचना लिन सक्नेछ भने १५ मिनेट अगाडी नै पार्किङ बुकिङ गर्न पाउनेछ ।

तत्कालका लागि एउटा मात्र एप्लिकेशनको सुविधा भएको बताउँदै अग्रवाल भन्छन्,‘केही समयपश्चात ई—सेवा, भिसा कार्ड लगायत सिस्टमबाट पनि पार्किङको रकम तिर्न र बुकिङ गर्न सकिने छ’ । अहिले पेमेन्टका लागि ‘पोस’ नामक मेसिन राखिएको छ ।

शुरुवातमा यी स्थानमा पार्किङ राखिएपनि विस्तारै अन्य स्थानमा पनि सञ्चालनमा ल्याउने अग्रवालको भनाइ छ । यी स्मार्ट पार्किङ राखिने स्थानहरुमा एक पटकमा ८ सय वटा मोटरसाइल/स्कुटर र ६० वटा सवारी साधन पार्किङ गर्न सकिनेछ ।

कस्तो हुन्छ स्मार्ट पार्किङ ?

नेपालमा पहिलो पटक सञ्चालनमा आएको स्मार्ट पार्किङ अन्य पार्किङ तुलनामा फरक छ । सेन्सरमा आधारित स्मार्ट पार्किङ सञ्चालन गरिने भनिएपनि विभिन्न कारण छोटो समयमा कम्पनीले सो पार्किङ गर्न नसकेको अग्रवालले बताए । ‘तत्कालका लागि पुरानै पार्किङ क्षेत्रमा नयाँ ढंगले अगाडी बढ्का हौँ, केही महिनामापछि सेन्सरमा आधारित पार्किङ सुविधा ल्याउने छौँ’ उनले भने ।

‘सेन्सरमा आधारित पार्किङका लागि महानगरसँग सहकार्य भएको र जग्गाको व्यवस्था भइसकेको छ’ खबरहबसँगको कुराकानीमा उनले भने ।

रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोर्डबाट पनि हेर्न सकिन्छ । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहित ६० जना पार्किङ सहयोगी खटिएका छन् । यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ ।

शुल्क कति ?

यी क्षेत्रमा पार्किङ गर्दा दुइ पाङग्रे सवारीका लागि प्रति घण्टा करबाहेक २० रुपैयाँ लाग्नेछ । त्यस्तै चार पाङग्रे सवारीका लागि प्रति घण्टा ६० रुपैयाँ लाग्नेछ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ५९ बजे

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह

कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ