न्युरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ | Khabarhub Khabarhub

न्युरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौंको न्यूरोड क्षेत्रमा आज (आइतबार)देखि स्मार्ट पार्किङ शुरु हुने भएको छ । यो सशुल्क स्मार्ट पार्किङको आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

केहिदिन अघि परीक्षण स्वरुप सञ्चालन गरिएको पार्किङ प्रभावकारी भएकाले यसलाई विस्तार गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । आजदेखि न्युरोडमा शुरु हुने स्मार्ट पाकिङका लागि ५ स्थानको व्यवस्था गरिएको छ ।

विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ प्रणाली उपलब्ध हुने स्मार्ट पार्किङका लागि महानगरको साझेदार कम्पनी ह्विल्स ट्युली योअर्सका प्राविधिक संयोजक हरिश अग्रवालले जानकारी दिए । यी स्थानमा ८ सय बाइक र ६० वटा गाडी पार्किङ गर्न सक्ने क्षमता छ ।

कसरी प्रयोग गर्ने ?

स्मार्ट पार्किङमा दुइ पांग्रे तथा चार पांग्रे सवारी साधनले पार्किङ गर्न पाउने छन् । कम्पनीले एप्स्मार्फत स्मार्ट पार्किङ गर्ने सुविधा समेत ल्याएको छ ।

‘प्रयोगकर्ताले मोवाइलमार्फत ‘Park Ktm’ एप्लिकेशन डाउनलोड गरी घरमै बसेर पार्किङ बुकिङ गर्न सक्नेछन्’ अग्रवालले भने ।

उनका अनुसार पार्किङ गर्न चाहने व्यक्तिले एप्लिकेशन मार्फत घरमै बसेर पार्किङका बारेमा सुचना लिन सक्नेछ भने १५ मिनेट अगाडी नै पार्किङ बुकिङ गर्न पाउनेछ ।

तत्कालका लागि एउटा मात्र एप्लिकेशनको सुविधा भएको बताउँदै अग्रवाल भन्छन्,‘केही समयपश्चात ई—सेवा, भिसा कार्ड लगायत सिस्टमबाट पनि पार्किङको रकम तिर्न र बुकिङ गर्न सकिने छ’ । अहिले पेमेन्टका लागि ‘पोस’ नामक मेसिन राखिएको छ ।

शुरुवातमा यी स्थानमा पार्किङ राखिएपनि विस्तारै अन्य स्थानमा पनि सञ्चालनमा ल्याउने अग्रवालको भनाइ छ । यी स्मार्ट पार्किङ राखिने स्थानहरुमा एक पटकमा ८ सय वटा मोटरसाइल/स्कुटर र ६० वटा सवारी साधन पार्किङ गर्न सकिनेछ ।

कस्तो हुन्छ स्मार्ट पार्किङ ?

नेपालमा पहिलो पटक सञ्चालनमा आएको स्मार्ट पार्किङ अन्य पार्किङ तुलनामा फरक छ । सेन्सरमा आधारित स्मार्ट पार्किङ सञ्चालन गरिने भनिएपनि विभिन्न कारण छोटो समयमा कम्पनीले सो पार्किङ गर्न नसकेको अग्रवालले बताए । ‘तत्कालका लागि पुरानै पार्किङ क्षेत्रमा नयाँ ढंगले अगाडी बढ्का हौँ, केही महिनामापछि सेन्सरमा आधारित पार्किङ सुविधा ल्याउने छौँ’ उनले भने ।

‘सेन्सरमा आधारित पार्किङका लागि महानगरसँग सहकार्य भएको र जग्गाको व्यवस्था भइसकेको छ’ खबरहबसँगको कुराकानीमा उनले भने ।

रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोर्डबाट पनि हेर्न सकिन्छ । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहित ६० जना पार्किङ सहयोगी खटिएका छन् । यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ ।

शुल्क कति ?

यी क्षेत्रमा पार्किङ गर्दा दुइ पाङग्रे सवारीका लागि प्रति घण्टा करबाहेक २० रुपैयाँ लाग्नेछ । त्यस्तै चार पाङग्रे सवारीका लागि प्रति घण्टा ६० रुपैयाँ लाग्नेछ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ५९ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा