सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कहाँ को पुगे ? « Khabarhub

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कहाँ को पुगे ?


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृहमन्त्रालयले १९ नायब प्रहरी महानिरीक्षक (डीआईजी)को सरुवा गर्दे विभिन्न कार्यालयका प्रमखुहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

गृह मन्त्रालयले प्रदेश १ मा डिआईजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेशमा ५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिममा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रुपमा सरुवा गरेको हो ।

प्रदेश २, ५, कर्णली र सुदूरपश्चिममा एक वर्ष अवधि नपुगी डिआईजीको सरुवा भएको छ ।  प्रदेश ३ मा सरुवा हुँदा डिआईजी शेरबहादुर बस्नेतले दोस्रो पटक प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् ।

प्रदेश ५ को प्रहरी प्रमुख हुँदा केही महिना माए उनको सरुवा भएको थियो । केही समय विमानस्थल प्रहरीको समेत नेतृत्वन सम्हालेका उनी पछिल्लो समय सुरक्षा परिषद्मा थिए ।

त्यस्तै, विशेष ब्यूरोमा कार्यरत कमल जिटीको अख्तियार दुरुपयोग अनुस्नधान आयोग, प्रदेश १ का केदार रिजालको अन्वेषण, योजना तथा विकास सनर्देशनालयमा सरुवा भएको छ ।

प्रदेश २ का डीआईजी हरि पाल विशेष ब्यूरोको प्रमुख भएका छन् । सुदूरपश्चिम निर्देशनालयका सुरज केसीको सुरक्षा व्यवस्थापन निर्देशनालय, गण्डकीका दानसिंह बोहराको प्रहरी एकेडेमी, प्रदेश ३ का दीपक थापाको ट्राफिक निर्देशनालय, प्रदेश ५ कापीताम्बर अधिकारीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा भएको छ ।

जुनियर प्रहरी एकेडेमी भरतपुरमा हरिभक्त प्रजापतिलार्य जिम्मेवारी दिइएको छ भने सो एकेडेमीका महेन्द्र पोखरेलको प्रहरी प्रधान कार्यालयको वृत्ति विकास निर्देशनालयमा सरुवा भएको छ । कर्णालका प्रमुख महेशविक्रम शाहको सुरक्षा परिषद्मा सरुवा भएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : १८ बजे

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर

सरकारलाई गगन थापाका पाँच प्रश्न : नागरिकको जनजीविकामा गम्भीरता खै ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान