प्रधानसेनापति थापा आज चीन जाँदै « Khabarhub

प्रधानसेनापति थापा आज चीन जाँदै


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आज(आइतबार) चीन जाँदैछन् । प्रधानसेनापति भएपछि थापाको यो पहिलो चीन भ्रमण हो ।

चिनियाँ सेनाका प्रमुख लि झुओचिंगको निमन्त्रणामा प्रधानसेनाप्रति थापाको चीन भ्रमण तय भएको जंगी अड्डाले जनाएको छ । चीनबाट फर्केपछि प्रधानसेनापति थापा अमेरिका जानेछन् ।

थापा नेतृत्वको भ्रमण दलमा श्रीमती दीपा थापा तथा सेनाको कार्यरथी विभागका उपरथी अनन्त कार्कीसहितको आठ जनाको टोली रहनेछ ।

चीनमा रहँदा थापाले स्टेट काउन्सिलर तथा विदेशमन्त्री वांग यी, रक्षामन्त्री वेइ फेंगे, केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष झांग योसियालगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उ

नी एयर चाइनाको उडानबाट चीनको छेन्दु हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ । उनले समकक्षी लीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ । सेनाले स्थापना गर्ने प्रतिरक्षा विश्वविद्यालयमा चिनियाँ सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरको तयारी छ । उनले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ ।

नेपाल र चीनबीच सेनाको तहमा २०४४ सालदेखि सहयोग आदनप्रदान हुँदै आएको छ । त्यसयता दुवै देशका सेना प्रमुखको तहमा भ्रमण आदनप्रदान भइरहेको छ । चिनियाँ सेना अमलेखगञ्जस्थित जंगल वारफेयर, नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमका लागि सहभागी हुँदै आएका छन् । नेपाली सेनाले पनि चिनियाँ सेनासँग विभिन्न प्रकारका तालिममा सहभागी हुँदै आएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ३२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका